हेडलाईनUncategorized

तनहुँमा भएको घटना प्रति नेता जोशी द्धारा दुःख व्यक्त

दमौली खबर संवाददाता
असार २९, दमौली । नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले तनहुँका विभिन्न ठाउँमा पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन् । नेता जोशीले जारी गरेको एक विज्ञप्ती जारी गदै स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गरेका हुन् । बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन नेता जोशीले सरकारसँग माग गरेका छन् ।

Show More

Related Articles

Back to top button