हेडलाईनसमाचारAll

स्वतन्त्र उठ्नु रहर नभई बाध्यता भएको नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री जोशीको भनाईदमौली

दमौली खबर संवाददाता
दमौली, मंसिर १७ गते । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो उम्मेदवारी  रहर नभई बाध्यता भएको बताउनु भएको छ ।
     सो कुरा कांग्रेस नेता जोशीले नेपाली कांग्रेस स्वतन्त्र अभियानले आज प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो । २०१७ सालको घटना पछि आफूले नै नेपाली कांग्रेस तनहुँको सचिव भई पुर्नस्थापना गरेको पार्टी छाडेर कँही जान नसक्ने बताउँदै नेता जोशीले बर्तमान कांग्रेसको नेतृत्व सिद्धान्त विहिन भई सत्ताको पछि लागेको र गठबन्धनले दलीय व्यवस्थालाई नै गंभिर मोडमा पु¥याउने निश्कर्ष निकालि यो अवधारणको बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो । जनता अझै आफ्नो स्वतन्त्र अभिमत दिनु भन्दा दलीय प्रभाव र आर्थिक प्रलोभनमा परेको यो चुनावमा अनुभूत गरेको नेता जोशीले बताउनुभयो । यस्तो प्रतिकुल अवस्थामा पनि डटेर अफूप्रति मतदान गर्ने शुभचिन्तकहरुलाई धन्यवाद दिनुका साथै कृतज्ञता दिनुभयो ।
     सो कार्यक्रम नेपाली कांग्रेस स्वतन्त्र अभियान तनहुँका संयोजक हरिशरण पण्डितको अध्यक्षतामा भएको थियो । विपी विचार समाज तनहुँका सभापति समेत भएका  पण्डितले कांग्रेसमा आएको सैद्धान्तिक विचलन र विपी राष्ट्रिय एकता तथा मेलमिलाप नीति विपरित हिँडेकोले विपी विचार समाज गठन गर्नु परेको स्मरण गर्दै समाजको संगठनलाई वडास्तर सम्म बलियो बनाउनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा विपी विचार राष्ट्रिय समाजका  केन्द्रीय सदस्यहरु बालकुमारी लोहनी, शुकुमलाल गुरुङ, गण्डकी प्रदेशका सचिव परशुराम गिरी, जिल्ला उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, सचिव कमलभक्त पोख्रेल, इन्जिनियर दीपकराज जोशी, समाजका क्षेत्र नम्बर १ का सभापति केशरबहादुर गुरुङ, सदस्यहरु रघुबहादुर केसी, सोलबहादुर चितौरे  मगर, कृष्णप्रसाद सोती, रामदेव पन्थ, इन्द्रप्रसाद पौडेल, लिलचन्द्र पाण्डे, विष्णुप्रसाद श्रेष्ठ,  स्वतन्त्र अभियान्ता रुद्रनिधी नैनाबस्ती, हेमबहादुर रानाभाट लगायतले प्रतिनिधी तथा प्रदेश सभा निर्वाचन २०७९ को गंभिर समिक्षा, गठबन्धन र अन्य पार्टीको चुनावी रणनीतिको मूल्याङ्कन गर्दै भविष्यमा अझै सशक्त रुपमा अघि बढ्न जरुरी रहेको भेलाले निष्कर्ष निकालेको छ ।
Show More

Related Articles

Back to top button