हेडलाईनUncategorized

विपद माथि विपद ! पहिरोले पुरिएर तनहुँमा १०को मृत्यु २ बेपत्ता

दमौली खबर संवाददाता
असार ३०
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विरुद्ध लड्दै गरेको अवस्थामा तनहँुमा अर्को विपत् थपिएको छ । आईतबार राती देखि परेको वर्षाको कारण पहिरोमा पुरिएर तनहँुमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । यसैगरी पहिरोमा परि ३ जना घाइते भएका छन ।पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा पाँच जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जना र मैत्रीकुमारी धर्तीको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन् । त्यस्तै व्यास ११ का पदम भुजेल बेपत्ता छन् । कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । त्यस्तै ऋषिङ गाँउपालिका अनबहादुर थापाको घरमा आएको पहिरोमा थापाका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएका थिए ।

बेपत्ता भएका थापाको जेठो छोरा ३० वर्षिय भेषराज थापा, बुहारी ३० वर्षीया नानुमाया थापो नातिनी ५ वर्षीया अभिषा थापा, कान्छो छोरा २२ वर्षीय महादेव थापा, बुहारी १९ वर्षीया मनिसरा थापाको शव फेला परेको प्रहरीले जनाएको छ । साथै ६० वर्षीया ज्योतिमाया घाईते भएकी छिन् । यसैगरी म्याग्दे गाउँपालिकाको बेलडाँडीमा पहिरोमा परि १७ वर्षकी लक्ष्मी बि। क। को मृत्यु भएको छ । घाइतेहरुलाइ उपचारका लागि पोखरा लगिएको छ ।

पहिरो बाट क्षती भएकालाई राहत उपलब्ध गराईने

त्यस्तै जिल्लामा पहिरो तथा बाढी बाट क्षतीको भएको परिवारलाई राहत प्रदान गरिने भएको छ । विपद् बाट मुत्युहुनेको परिवारलाई जिल्ला विपत् व्यवस्थापन बाट एक लाख, सम्बन्धीत स्थानिय तह बाट पचास हजार र प्रदेश सरकार बाट पनि पचास हजार उपलब्ध गराईएको भएको छ । त्यस्तै घाइतेको निशुल्क रुपमा उपचार गरिने भएको छ । यसैबीचऋषिङ्ग ८ भैसिकिलिमा गएको पहिरोबाट भएको मानविय तथा घरको क्षेती भएकोमा ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ,उपाध्यक्ष गिनुमाया थापा , प्रमुख प्रशासकिय अधिकृत चण्डिका पौडेल लगायत गाउँपालिका तथा प्रतिनिधिहरु उद्वार कार्यमा सहभागी हुँदै स्थलगत रुपमा गई एकलाख राहत प्रदान गरेको छ ।

व्यास नगरपालिकामा १६ घर विस्थापित

त्यस्तै व्यास नगरपालिका भित्र विभिन्न ठाँउमा गएको बाढी पहिरोको कारणले १६ घर परिवार विस्थापीत भएका छन् । व्यास नगरपालिका नगरप्रमखु वैकुण्ठ न्यौपानेको अनुसार व्यास ९ का र अन्य ठाँउको गरेर १६ घर परिवार विस्थापित भएका छन् । उनिहरुलाई नजिकैको सुरक्षित रहेको विद्यालयहरुमा खान बस्नको सुविधा सहित राखिएको छ ।

विपदको घडीमा जुट्दै रेडक्रस

जिल्लामा भएको घटनालाई मध्ये नजर गदै नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले जोखमी भएको क्षेत्रहरुमा सहयोग प्रदान गरेको छ । बिपद को घडिमा जिल्ला बिपद ब्यबस्थापन समिती र नेपाल रेड्क्रस सोसाइटी जिल्ला शाखाको सहकार्य मा म्याग्देमा गा पा मा ५५ सेट ,ऋषिङमा ५सेट ब्यास ४ मा ७ त्रिपाल राहत सामाग्री उपलब्ध गराइयको छ । त्यस्तै म्याग्दे ६ तुरतुरे मा बाढिले घर भत्किदा अन्जन भन्डारी लाइ जलश्रोत सिचाइ डिभिजन कार्यलय तनहुँ बाट १० थान जाली उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाको मन्त्री चिनु पोखरेले जानकारी दिईन् ।

Show More

Related Articles

Back to top button