Uncategorizedजीवनशैली

बैकल्पीक फोहोर व्यवस्थापन माथिल्लो भतेरीमा

तनहुँको व्यास नगरपालिका कार्यालयले व्यास नगरपालिका– ३ स्थित तल्लो मादीनदी किनारमा विगतका बर्ष देखि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नदीले कटान गरेपछि बैकल्पीक स्थलको रुपमा माथिल्लो भतेरीमा व्यवस्थापन गर्न लागिएको छ ।
व्यास नगरपालिकाको– १० र ४ पर्ने माथिल्लो भतेरीमा फोहोर बिर्सजन गरी कम्तिमा मंसिर महिना सम्मको लागि बजार क्षेत्रको फोहोर संकलन गरी अस्थायी रुपमा बिर्सजन गर्न लागिएको व्यासनगरपालिका कार्यालयले जनाएको छ ।
गत असार अन्तिम र साउन पहिलो साता परेको अविरल बर्षापछि मादीनदीमा आएको बाढीले नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको स्थल बगाईदिएपछि फोहोर व्यवस्थापनमा कठिनाई हुदै आएको छ ।

व्यास नगरपालिका– १० स्थित रानीपानी सामुदायिक बन क्षेत्रमा नगरपालिकाले दीर्घकालिन रुपमा फोहोर बिर्सजनस्थल निर्माण गर्न लागेको छ । बातावरणीय प्रभाव अनुसन्धान रिर्पोट आउँन बाँकी रहेकोले तत्कालको लागि माथिल्लो भतेरीमा फोहोर व्यवस्थापन गर्न लागिएको बातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक एवं वडाध्यक्ष–४ का वडाध्यक्ष बिश्व न्यौपानेले जानकारी दिए ।
उक्त क्षेत्रमा करिब ७ रोपनी जग्गा पर्याप्त मात्रामा रहेकोले फोहोर बिर्सजनको संम्भावन बढि रहेकोले प्रक्रिया अघि बढिरहेको बातावरणीय अध्ययन सहयोग तथा परामर्श समितिका संयोजक न्यौपानेले बताए ।

वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा व्यास नगरपालिकाका बरिष्ठ आलेप नोडल अधिकृत कुमार कञ्चन जिसी सदस्य सचिव, व्यास १० वडाध्यक्ष तुलसीराम सापकोटा सदस्य,शान्तिनगर,डिहीकुना,बिरालेटार,बेदव्यास टोल विकास संस्थाका अध्यक्ष तथा रानीपानी र बिर्ता सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी बातावरणीय अध्ययन सहयोग तथा परामर्श समिति गठन भैसकेको छ ।दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्न लागिएको लागि व्यास १० र ४ का दुवै वडामा पर्ने बाटो र नाला निर्माण कार्य भैरहेको छ । गत आबमा रु.५० लाख र यस आबमा रु.७० लाख गरी रु.एक करोड २० लाख बिनियोजन गरिसकिएको छ ।

दुबै वडालाई बराबरी असर पर्ने हुँदा सोही अनुरुप विकास निर्माणका कामहरु भैरहेको छ । उहाँले भन्नुभयो ‘यस आव भित्रै बाटो नाला निर्माण सम्पन्न गरी ०७८ जेठबाट फोहोर व्यवस्थापन कार्य थाल्ने योजना रहेको छ ।’ तनहुँमा रहेका दश पालिका मध्ये सबैभन्दा ठुलो र धेरै जनसंख्या रहेको यस व्यास नगरपालिकाको वडा नं २,३ र ४ मा गरी दैनिक एघार टन फोहोर संकलन हुदै आएको छ ।

 

Show More

Related Articles

Back to top button