Uncategorizedपत्रपत्रिकाबाट

पूर्व विद्यार्थीहरुले क्वारेन्टिमा बसेकाहरुलाई एक महिना तरकारी व्यवस्थापन गर्ने

दमौली खबर संवाददाता
जेठ १६ दमौली

तनहुँको व्यास नगरपालिका १ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसका पूर्व विद्यार्थीहरुले क्वारेन्टिमा बस्ने नागरिकका लागि एक महिना तरकारी व्यवस्थापन गर्ने भएका छन् ।

आफूले अध्ययन गरेको क्याम्पस प्राङ्गणमा व्यास नगरपालिकाले तयार गरेको क्वारेन्टिनमा रहेका नागरिकलाई एक महिनासम्म आवश्यक पर्ने तरकारीको व्यवस्थापन गरिएको पूर्व विद्यार्थी लक्ष्मीभक्त खनालले बताए । उनका अनुसरो क्वारेन्टिनमा जेठ १५ देखि असार १५ गतेसम्मका लागि करीब ६० हजार रुपैयाँ बराबरको तरकारीको व्यवस्थापन गरिने भएको छ ।

व्यास ४ स्थित खनाल कन्स्ट्रक्सनका सञ्चालक समेत रहेका खनाल, व्यास २ घर भई हाल दक्षिण कोरियामा कार्यरत दिलीप मरासिनी, व्यास ६ घर भई हाल कतारमा कार्यरत वरिष्ठ सुरक्षा अधिकृत सुजन पण्डित र व्यास २ बस्ने अञ्जली ओभरसिज दमौलीका सञ्चालक एवं तरकारी निर्यातकर्ता गणेश अधिकारी गरी चार जना पूर्व विद्यार्थीले दैनिक दुइ हजार रुपैयाँ बराबरको तरकारी व्यवस्थापन गर्ने भएका छन् ।

स्थानीय तरकारी व्यवसायीमार्फ तनहुँमा उत्पादित तरकारी क्वारेन्टिन रहेको क्याम्पसमा बिहीबारदेखि नै लैजान शुरु गरिएको चमेनागृह सञ्चालक रितेश खड्कीले जानकारी दिए ।

हाल उक्त क्वारेन्टिनमा दैनिक करीब एक सय जना बस्ने गरेका छन् । नागरिकको संख्या वृृद्धि भएसंँगै सम्बन्धित पालिकामा स्थानान्तरण गर्ने गरिएको छ । तनहुँ घर भई हाल नेपाल भारतको सीमामा अलपत्र नागरिक पहिलो पटक तनहुँ भित्रिदा जिल्लाका पश्चिम क्षेत्रका केही नागरिकसमेत व्यास नगरपालिकाको क्वारेन्टिनमा बसेको क्याम्पस प्रमुख महेश हडखले बताए ।

Show More

Related Articles

Back to top button