Uncategorizedजीवनशैली

आँबुखैरेनीमा थपिए तीन संक्रमीत

तनहुँको आँबुखैरेनी गाउँपालिकामा तीन जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार आँबुखैरेनी गाउँपालिका वडा नं ३ का दुई महिला र एक पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आँबुखैरेनी गाउँपालिका वडा नं ३ का ४२, ४८ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई सङ्क्रमण पुष्टि भएको विज्ञप्तीमा उल्लेख छ । गाँउपालिकाकको अनुसार सङ्क्रमितमध्ये एक जना मिर्गौलाका बिरामी रहेका छन् । तीन जना नै हाल चितवनमा रहेकाले आइसोलेशनमा राख्नका लागि व्यवस्थापनको काम भई राखेको जनाईएको छ । संक्रमीत सबै कन्ट्याक्ट ट्रेसिङका आधारमा फेला परेका हुन् ।

Show More

Related Articles

Back to top button