समाचारमनोरन्जन

गण्डकीमा ल्होसार बिदा

पुस १५ अर्थात ल्होसार पर्वका अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होसार पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

ल्होसारमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द रहनेछन् । गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको निर्णयले तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा दिने निर्णय गरेको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उक्त सूचना जारी गरेको हो । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित गरिएको छ ।

Show More

Related Articles

Back to top button