समाचार

विपद व्यवस्थापनमा स्थानीय सरकारको प्रयास

जिल्लाको व्यास नगरपालिका वडा नं ९ माझफाँटमा गत असार २९ मा आएको पहिरोले घर,जग्गा जमिन समेत पु¥यो। पशु चौपाया सग्ला रहेनन्। बाख्रा, कुखुरा मरे। व्यास नगर भित्र ७७ घर पूर्णरुपमा विस्थापित हुन पुगे । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि चुनिएका थिए । बाढीले पु¥याएको क्षति र विपदबाट आइपरेको समस्या समाधान गर्न खटिनुप¥यो । अब कसरी व्यवस्थापन गर्ने ? चुनौति थपियो । विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि योजना थिएन ।

यस्तो अवस्थामा विपदमा परेकाहरुको पुर्नस्थापना, राहत र व्यवस्थापनको लागि नगरपालिकाले कार्यपालिका बैठक र नगरसभा मार्फत निर्णय गरेर अघि बढ्नुप¥यो । नगरसभा मार्फत निर्णय गरेर विपत् बाट मुत्यु हुने परिवारलाई प्रति ५० हजार प्रदान गरियो । नगरपालिकाले विपत्मा मात्रै एक करोड ५० लाख खर्च गर्यो ।

‘कोरोना सँगै लड्दै गर्दा बाढीपहिरो आयो । ७७ वटा घर विस्थापित भए । सबै ठाउँमा अस्तव्यस्त भयो । हामीलाई चुनौति थियो कसरी व्यवस्थापन गर्ने’विगत सम्झदै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले भने, ‘हामीसँग बजेटको अभाव थियो । यस्तो अवस्थामा कार्यपालिका बैठक र नगरसभा मार्फत निर्णय पारित गरेर विपद् व्यवस्थापनको काम गर्नुप¥यो त्यो स्थानीय तहको जिम्मेवारी पनि थियो र प्रभावितहरुलाई तत्काल राहत तथा गास, वास र कपास उपलब्ध गराउनु पहिलो दायित्व थियो ।’विपद्को जोखिम अहिले पनि छ ।

मौसमी विपद् बाढी, पहिरो, चट्याङ,आगलागी, सर्पदंश, सडक दुर्घटना, शितलहर, हावाहुरी लगायतको जोखिम अहिले पनि कम भएको छैन। कुनै पनि बेला विपद्को सामना गर्नुपर्ने हुन सक्छ । यस्तो अवस्थामा विपद् पूर्व र विपद्को समयमा र पश्चातको तीनै चरणमा के गर्ने ? भन्ने बारेमा स्थानीय सरकारले रणनैतिक रुपमा कार्ययोजना बनाउन आवश्यक छ । तनहँुमा पहिरो पुरिएर ११ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता रहेको जिल्ला विपद् व्यवस्थापन समिति तनहँुको तथ्याङकमा रहेको छ ।

विभिन्न विपतबाट प्रभावित भएका ५६ जनालाई यस क्षतीपूर्तीबापत रकम सहयोग गरिएको छ । यस वर्ष जिल्लामा अविरल वर्षाले आएको पहिरोले गर्दा दुई सय ४३ घर विस्थापित भएका छन् । जस अनुसार भिमादमा २९, घिरिङमा ८, देवघाटमा १८, शुक्लागण्डकीमा २१, भाुनमा ३२,आँबुखैरेनीमा ६,बन्दिपूरमा १३, म्याग्देमा ४१, व्यासमा ७७ र ऋषिङमा २ घर विस्थापित भएका छन् ।

Show More

Related Articles

Back to top button