समाचार

सहित्यकार त्रिपाठीलाई क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार प्रदान

नेपाली साहित्यमा विद्यावारिधी गर्ने पहिलो व्यक्ति प्रा.डा. वासुदेव त्रिपाठलाई दमौलीमा सम्मान सहित पुरस्कृत गरिएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ शुक्रबार आदीकवि भानुभक्त क्याम्पसमा एक कार्यक्रम आयोजना गरि यो वर्षको ‘‘क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार’’ बाट साहित्यकार त्रिपाठीलाई सम्मानित गरिएको हो । साहित्यकार आत्माराम आचार्यले उनलाई सम्मानपत्रका साथसाथै नगद २५ हजार प्रदान गरे । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले हरेक वर्ष पुरस्कार वितरण गदै आईरहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्व उपकुलपति प्रा.डा.त्रिपाठी नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदान पु¥याउनु भएकोले पुरस्कार छनोट समितिले उनलाई छनोट गरिएको कार्यक्रममा मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । गामवेशीका कवि क्षेत्रप्रताप अधिकारीको स्मृतिमा मञ्चले प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । यसैगरी मञ्चले वितरण गर्दै आएको गीतल राष्ट्रिय युवा पुरस्कार–२०७६ कवि सुदेश सत्याल र गीतल प्रतिभा पुरस्कार–२०७६ को पुरस्कार लोक तथा दोहोरी गायक बसन्त विकलाई प्रदान गरिएको छ । कार्यक्रममा राष्ट्रि सभा सदस्य प्रकाश पन्त लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Back to top button