समाचार

पूरा हुने भयो हरिनासबासीको वर्षौको सपना

तनहुँ : बर्खे भेल छिचोलेर हिँड्नुपर्ने बाध्यता । जोखिम मोलेर जिप चढे पनि दुई घण्टा पैदल हिड्नुपर्ने । खोलाको भेल कटिहाले हिलो र चिप्लो बाटोमा ज्यानको जोखिम । जिप चल्ने बाटो बनेको १८ वर्ष भयो । बाटो बने पनि ठाडो उकालो, डरलाग्दा घुम्तीमा जीवनै दाउमा राखेर यात्रा गर्नुपर्छ ।

स्याङ्जा हरिनास गाउँपालिकाका नरनाथ लम्साल बजार झर्दा र घर फर्कंदा यही नियति भोग्छन् । हिउँदमा धेरै समस्या हुँदैन तर बर्खामा यात्रा सहज छैन ।
शुक्लागण्डकी ११ साँखेसम्म बाटो पिच भएको छ तर जुँडीफाँटमाथिको बाटो कहालीलाग्दो छ । अहिले हिउँदका बेला रातो माटोले धुलाम्मे छ । जिपअगाडि हुइकिँदा पछाडि धूलो आइपुग्छ । घरबाट सुकिलो लुगा लगाएर हिँड्यो जुँडीफाँट पुग्दा धुलोमैलो भएर मान्छे चिन्नै मुस्किल हुन्छ ।

समस्या बाटोमात्र होइन । क्याङ्दीखोलाले झनै सास्ती दिन्छ । हिउँदमा पानी सुकेर सानो बन्ने खोला बर्खामा भेल उर्लिन्छ, किनारका बाली डुबाउने गरी । क्याङ्दीले केही वयस्कलाई नै बगाएको छ । साँखेको विद्यालय पुग्न जुँडीफाँटबाट १० मिनेट लाग्छ । तर पुल नहुँदा विद्यार्थी १ किमी परको झोलुंगे पुल खोज्दै जानुपर्छ । त्यहाँबाट फेरि घुमेर साँखे नै फर्कनुपर्छ ।

दशगाहका गुप्त गुरुङ ९५८० का अनुसार बर्खाका बेला जिप चढ्न साँखेसम्म पैदल हिँड्नुपर्छ । घर नजिकै ९ठूलो पहारा० बाट हिउँदमा जिप चले पनि क्याङ्दी कट्न नसक्ने डरले उनी साँखेसम्म पैदल गएर जिप चढ्छन् । क्याङ्दी धेरै नै बढेको दिन भने त्यहाँका विद्यार्थी र स्थानीयले योजना स्थगित गरेर घरमै बस्नुपर्छ ।
हरिनाश र शुक्लागण्डकी ११ का स्थानीयले यसबारे कुरा उठाएको धेरै भइसक्यो । देश संघीयतामा जानु अगाडिदेखिनै उनीहरूले आफ्ना प्रतिनिधिलाई बारम्बार झक्झक्याए । तर उनीहरूको आवाज सुनिएन ।

‘बाटो बनाउँदा नै ठूलो कुरा लागेको थियो तर सधैं यसरी यात्रा गर्न कहाँ सकिन्छ भनेर पहिल्यैबाट सुनाएका हौं, उनोरले अर्को वर्ष भन्दै रोक्दिए,’ उनले भने । तर अब भने उनीहरूको माग पूरा हुने भएको छ । पुलसँगै बाटो पिच गर्न प्रदेश सरकारले बजेट उपलब्ध गराएको छ । हरिनासका स्थानीयले बाटो निर्माणका लागि २०७५ मा महिमा माविमा महायज्ञ लगाएका थिए ।

महायज्ञमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आमन्त्रित थिए । मुख्यमन्त्रीलाई त्यही पुल र बाटो देखाएपछि उनी बाटो निर्माणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्केका थिए ।

‘पहिला धेरै पटक लबिङ गर्‍यो, तर बनेन । संघीयता आएपछि मुख्यमन्त्रीकै सहयोगमा बाटो बन्न लागेको छ, संघीयताको फाइदा बुझ्दै छम्,’ लम्सालले भने ।
बाटो र पक्की पुल निर्माण हुनेभएसँगै स्थानीय हर्षित छन् । दशगाहका गुरुङ अब भने घरबाटै जिप चढ्न पाउने र आफ्ना नातिनातिनालाई बर्खाका बेला निर्धक्क विद्यालय पठाउन सकिने भएपछि खुसी छन् ।

‘बाटो र पुल बनेपछि त कति पो सजिलो हुन्छ, घरमुनिनै जिप चढ्न पाइन्छ, तिनोर ९नातिनातिना० पनि ढुक्कसँग जान पाम्ने भए,’ उनले भने । प्रदेश सरकारको ३२ करोड ६५ लाख लागतमा शुक्लागण्डकी हरिनाु जोड्ने बाटो पिच हुनलागेको हो । १६ किलोमिटर बाटो र ४० मिटर स्पानको पुल बन्ने भएको छ । करिब ५५ करोड ३२ लाख लागत अनुमान गरिएको भए पनि बाटो निर्माण १७ महिनामा ३२ करोडमै सकिने निर्माणको जिम्मा पाएको बानियाँ निर्माण जेभीले जनाएको छ ।

मन्त्रीले गरे पुल शिलान्यास

भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले आइतबार पुल शिलान्यास गरेका छन् । स्थानीयले मन्त्री बस्नेतका कारण बाटो र पुल बनेको भन्दै उनलाई स्वागत गरेका थिए । बस्नेतले आफू केबल पुल शिलान्यास गर्न तनहुँ नगएको बताए । ‘म पुल शिलान्यास गर्न मात्रै यहाँ आएको होइन । तपाइँहरू सबैको इच्छा पूरा गर्ने प्रतिवद्धता जनाउन आएको हुँ,’ कार्यक्रममा मन्त्री बस्नेतले भने ।

संघीयता मन नपराउनेलाई आफूहरूले विकासमार्फत जवाफ दिएको उनले बताए । मन्त्री बस्नेतले २ जिल्लाकै जनताले बाटो र पुलको प्रयोग गर्ने भएकाले सहकार्यका साथ काम थाल्न आग्रह गरे । बाटो बनाउँदा कसैको निजी जग्गामै परे पनि त्यसको माया मारेर बाटो बन्न दिन उनको आग्रह थियो । ‘बाटो बनाउने क्रममा एक हात जग्गाको माया नगर्नुहोस्, धूलो, हिलोमा हिँड्ने र पुल नपाउँदा डुब्ने दिन बन्द हुन्छ,’ मन्त्री बस्नेतले भने, ‘अब यहाँ बाटो बन्छ र १७ महिनामा सक्नुभयो भने तपाइँहरूलाई म अर्को उपहार दिन्छु ।’

अहिले देशको पछिल्लो राजनीतिक परिदृश्यले धेरैमा बाटो निर्माण बन्द हुने आशंका उब्जेको भए हटाउन मन्त्री बस्नेतले अनुरोध गरे । ‘अहिले कतिलाई आँसु खसाम्, खसाम् भयो होला तर त्यस्तो केही हुँदैन । बाटो निर्माणमा राजनीति हुँदैन, मिलेर काम अघि बढाउनुस्,’ मन्त्री बस्नेतले सुनाए ।

कार्यक्रममा हरिनास गाउँपालिक प्रमुख खिमनारायण मानन्धरले पुल र बाटोको फोटो खिचेर राख्न आग्रह गरे । ‘भोलि छोराछोरी नातिनातिनालाई हामी यस्तो बाटो र पुलमा हिँड्थ्यौं भनेर देखाउन काम लाग्छ, आज फोटो खिचेर लैजानुस्,’ उनले भने । प्रदेशसभा सदस्य आशा खनाल कोइरालाले प्रदेशले विकास, निर्माणका काममा स्थानीय तहसँग बलियो समन्वय गरेको बताइन् । अहिले सरकार परिवर्तनका कुरा उठे पनि विकास निर्माणका काममा कोही कसैले अवरोध गर्न नहुने उनको भनाइ छ ।

शुक्लागण्डकीकै नाम्सीकोट सुन्तलाको पकेट क्षेत्र भएको र त्यसलाई पनि पुलले जोड्न सके त्यहाँको उत्पादनले बजार पाउने उनले सुझाइन् । क्याङ्दी करिडोर बनाएर बेलचौतारासँग जोड्न सकिने उनले औंल्याइन् ।

Show More

Related Articles

Back to top button