दमौली खबर संवाददाता
दमौली, भदौ ३१
व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा शुक्रबार
राष्ट्रिय बाल दिवसको अवसरमा विविध सांस्कृतिक कार्यक्रम सहित स्वागत एवम शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना विद्यार्थी स्वागत गरेका हुन् । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा न्यौपाने बालमैत्री नगरपालिका बनाउन हरेक विद्यालयमा र वडामा बाल क्लब गठन गर्ने कार्यलाई अघि बढाईएको बताउनुभयो । कार्यक्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुण राज काफ्ले, शिक्षक अभिभावक संघका अध्यक्ष सोमराज सिग्देल,प्रधाध्यापक पुष्पकला भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।




