हेडलाईनसमाचारAllपत्रपत्रिकाबाट

काङ्ग्रेस पूर्व सहमहामन्त्री जोशीले भने – केही व्यक्तिको स्वार्थले सच्चा कार्यकर्ता महाधिवेशनबाट विमुख

२०७८ । ४ । ७ काठमाण्डौ मेरो आहवान आदरणीय दिदीबहिनी तथा दाजुभाईहरू, नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन हुदैछ । तनहूँ जिल्लामा लामो समयदेखि नेपाली काङ्ग्रेसमा सक्रीय रही प्रजातन्त्रको स्थापना र नेपाली काङ्ग्रेसको सङ्गठन निर्माणमा धेरै साथीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको छ । लामो समयसम्म नेपाली काङ्ग्रेसमा रही नेतृत्त्वदायी भूमिका निर्वाह गर्नुहुने साथीहरूमा महाधिवेशनप्रति उत्सुकता हुनु स्वाभाविकै हो । नेपाली काङ्ग्रेसको स्थानीयतहको अधिवेशन नजिकिदै गर्दा तनहूँ जिल्लाका नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेका तथा आफ्नो–आफ्नो ठाउँमा पार्टि संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएका कृयाशील सदस्य साथीहरूले यो अधिवेशनमा सहभागी नहुने निर्णय गर्नुपर्ने परिस्थिति सृजना हुनु पार्टीका इमान्दार कार्यकर्ता एवं शुभचिन्तकहरूका लागि अत्यन्त दुःखदायी र गम्भीर निर्णय हो ।

तनहूंमा नेपाली काङ्ग्रेसप्रति प्रतिबद्ध साथीहरूका लागि यो गम्भीर विषय वनेकोछ । पार्टीको महाधिवशनको सन्दर्भ चलिरहँदा पार्टीलाई समाप्त नपारी विश्राम नलिने प्रण गरेका तनहूवाट काङ्ग्रेस केन्द्रीय नेतृत्वमा रहेका केहि व्यक्तीको स्वार्थका कारण पार्टीमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका म लगाएत पूर्व सांसद उर्मिला थापा, महासमिति सदस्य शहीद पत्नी बालकुमारी लोहनी, काङ्ग्रेस नेताहरू गोपालप्रसाद भण्डारी, नुरचन्द्र वाग्ले, ऋषिराम पोखरेल, राम वहादुर घिमिरे , केसरबहादुर गुरुङ, हरिशरण पण्डित, ज्ञानराज थापा, रामदेव पन्थ, नरेन्द्र थापा, सोलबहादुर मगर, शिक्षक संघ तनहूँका पूर्व अध्यक्ष गणेशबहादुर खत्री, रामवहादुर ढुङ्गाना, बिमल राज जोशी ( नेपाली काङ्ग्रेस केन्द्रिय निति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ ) नेका उप सभापति भानु १० रुद्र नाथ पौडेल ,विस्नु प्रसाद पोखरेल भानु (१०) , जीतु गुरुङ (शुक्ला गण्डकी), नवराज श्रेष्ठ र यस्तै महत्त्वपूर्ण साथीहरू ( हजारौ हजार साथीहरु सबैको नाम यहाँ उल्लेख गर्न नसकेकोमा क्षमा प्रार्थी छु ) ले क्रियाशील सदस्य नविकरण नगर्नु र नगराउनुका कारण उहाँहरू १४औं महधिवेशनबाट विमुख हुनुपरेको छ ।

अहिले तनहूँमा यस्ता महत्वपूर्ण साथीहरूको पार्टीमा अनुपस्थिति हँुदा पनि केही स्वार्थी व्यक्तिहरू आप्mनो लागि पार्टी कब्जा गर्न अनुकूल भएको महशूस गर्दै गौरवको अनुभूति गरिरहेका छन् । २२०० ( दुईहजार दुईसय) नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले आफनो साधारण सदस्य समेतवाट नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा सामूहिक राजीनामा दिंदा पनि पार्टीको केन्द्रीय नेतृत्व संवेदनहिन भएर किन मौन रहेको छ बुझ्न सकिएको छैन । यसरी नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन तनहूँ जिल्लाका इमान्दार कार्यकर्ताहरूको लागि अध्यारो दिन त हुनेनै छ , यो समग्र नेपाली काङ्ग्रेसका लागि पनि शुभ सङ्केत होइन । पार्टीको रसीद मात्र पार्टीको परीचय होइन । आज देशभरि ५० हजार कृयाशील सदस्यले नविकरण गरेनन , किन ? आज देशभर काङ्ग्रेसका इमान्दार कार्यकर्ताहरु कृयाशील सदस्यको लागी अनीयमीतता भयो भनि कहि जुलुस निकाल्न परेको छ त कहि अनसन । कहि मारपीटको समाचारहरु सुन्नमा आएका छन त कहि निरास भएर पार्टीवाट पलाएन भएर वस्न वाध्य हुनु परेकोछ । पार्टी नेतृत्व भने धनाडयहरुलाइ र अन्यपार्टिका मानिसहरुलाइ एकै चोटि कयाशील सदस्यता दिएर पार्टिको जिम्मा उनीहरुलाइ सुम्पदै हामी वीपीको वाटोमा हिडेका छौ भनि रटान लगाइ रहेका छन ।

विगतको संघीय, प्रदेस एवं स्थानीय तहको निर्वाचनमा टिकट वितरण देखि १४औ माहाधिवेसनको कृयाशील सदस्यको वितरणमा देसभर मच्चाईएको यो वितण्डाले केहि मानिसको स्वार्थ पुरा होला समग्रमा नेपाली कांग्रेसलाइ समाप्तीको वाटोमा डो¥याउदै छ । नेपाली कांग्रेसका सवै पदाधीकारी तथा सदस्यहरुले पार्टीलाइ यो दुस्परिणाममा पु¥याउने कृयाकलापको जिम्मेवारी लिनु पर्ने छ । नेपाली कांग्रेस पार्टि हामि जस्ता हजारौ कार्यकर्ताको रगतले वनेको हो । पार्टिमा पद ओगटेकै कारण पार्टि भित्र यस्तो कृयाकलाप हुदा पनि पार्टिमा कार्यकर्ताको योगदानको वास्ता नगरी आफनो स्वार्थकालागी मौन वसेर मुक्ती पाइने छैन । इतिहासको कठघरामा सवै एक दिन उभीनु पर्नेछ । यहि परीप्रेक्षमा आज फेरी एक पटक देश भरका निष्टावान कार्यकर्ताहरु यो प्रवृतिलाइ समाप्त पार्न एकजुट भएर उभिनु परेको छ । अहिले तनहूँको यो आवाज देशभरी व्यक्तीगत स्वार्थका कारण पिडामा परेका कार्यकर्ताहरूको आवाज हो । सिद्धान्त, आस्था र विचार नेपाली काङ्ग्रेस प्रतिको हाम्रो लगाव हो । त्यसलाई कसैले हडप्न चाहेर पनि सक्दैन ।

आज तनहू. काङ्ग्रेसका कार्यकर्ताहरुले केन्द्रमा न्यायकालागी पटक पटक अनुनय विनय गर्दा पनि कुनै सुनुवाइ नभएकोले तनहंका काङ्ग्रेस कार्यकर्ताले यो महाधिवेशन वहिस्कार गर्ने कठोर निर्णय गर्न वाध्य हुनु परेको छ । देशभर हजारौं हजार साथीहरू बीपी कोइरालाको सिद्धान्तमा अडिग हुनुहुन्छ । उहाँहरूप्रति मेरो सम्मान छ । तपाईंहरू जसरी जस्तोसुकै परिस्थितिमा पनि कुनै प्रलोभनमा नपरी अडिग र अटल भएर रहनुभएको छ त्यसरी नै विचलित पनि हुनुहुने छैन । यस्तो निरर्थक महाधिवेशन आउछ जान्छ । भुल वस, सम्वन्धित व्यक्तीको मन्जुरी विनानै जालसाजी गरी नविकरण गरीएका र झुक्यानमा परी नविकरण गर्ने साथिहरु पनि यो निरर्थक अधीवेशनमा सहभागी नहुनुहोला । हाम्रो कोही आफ्नो र कोही पराइ छैन । हाम्रा लागि यो अधिवेशनमा सहभागी हुने सबै समान हुन् । सबै साथीहरू निरपेक्ष रहनुहोला । निश्चिन्त रहनुहोला भनि म तपाँईंहरूलाइ आहवान गर्दछु ।

जय नेपाल तपाईंहरूको साथी

 नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी

Show More

Related Articles

Back to top button