समाचारAll

विविध कार्यक्रमका बालमन्दिरमा राष्ट्रिय बालदिवस मनाईयो

 

दमौली खबर संवाददाता

दमौली, भदौ ३१

विभिन्न कामकासाथ अन्तराष्ट्रिय बाल दिवस मनाइयो “बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने मूल नाराका साथ मिल्ली औं राष्ट्रिय बाल दिवस तनहुमा अन्य पनि विविध कार्यक्रमका साथ मनाइएको छ ।

व्यास – २ दमौलीमा रहेको बालमन्दिरमाध्यामिक विद्यालयमा शुक्रवार बाल दिवस तथा पुरस्कार वितरण एवं विविध सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ । एक कार्यक्रमको उद्घाटन गर्दै काम नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तनहुँ जिल्लामा पूर्ण बालमैत्री शिक्षा प्रदान गर्न सबै तह लाग्नु पर्ने बताउदै नगरपालिकाले वर्तमानका साझेदार भविष्यका कर्णधार वालवालिकाको हक र अधिकारका लागि कटिबद्ध रहेको बताउनु भयो । उहाँले अविभावक विहिन वालवालिकालाई पढाउने दायित्व नगरपालिकाको भएकाले व्यास नगरपालिका–७ मा समता विद्यालय स्थापना गरि पठन पाठन सञ्चालन गरेको बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्त कुमार श्रेष्ठको अध्यक्षमा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयको चौतर्फी विकासमा खास गरि बालबालिकाको क्षेत्रमा उल्लेख्य योग दान पुयाउनु हुने विद्यालयका पूर्व प्रअ विष्णु भण्डारी, विद्यार्थी, शिक्षक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्याल यका प्रधानाध्यापक राजेन्द्र खनाल लगायतले आ–आफ्नो मन्तव्य राख्नुका साथै विद्यार्थीले विभिन्न चेतनामूलक मूलक विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

Show More

Related Articles

Back to top button