समाचार

विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराइड सम्बन्धी सचेतना

व्यास १ विज्ञानचौर स्थित आदीकवि भानुभक्त क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा विद्यार्थीलाई सुगर,प्रेसर तथा थाईराईड सम्बन्धी स्वास्थ्य सचेतना गराईएको छ । व्यास ३ स्थित रहेको नेशनल एपोरो हस्पिटलको सहयोगमा विद्यार्थीहरुलाई सचेतना गराईएको हो । कार्यक्रममा बोल्दै व्यास १ का वडा सदस्य एवंम् हस्पिटलका प्रमुख चुणमडि दाहालले विद्यार्थीलाई स्वास्थ्य सम्बन्धी धेरै ज्ञान दिनको लागि कार्यक्रम गरिएको बताए । उनले भने, ‘यस्ता कार्यक्रमबाट विद्यार्थीमा स्वास्थ्य सम्बन्धी चेतनाको विकास हुन्छ।

विद्यार्थीलाई सचेतना गराएपछि उनिहरुले आफनो घरमा पनि सचेतना गराउने गर्छन् । ’ कार्यक्रममा प्रशिक्षक डा. किरण सोतीले सुगर, प्रेसर र थाईराईडबाट हुने रोगको बारेमा जानकारी गराएका थिए । समयमा नै खानपिनमा ध्यान दिएमा रोग नलाग्ने उनको भनाई थियो । युवा रेडक्रस सर्कलका अध्यक्ष सन्देश अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले, ने.वि.सं भानुभक्त ईकाईका सचिव गौरव पन्थ लगायतले बोलेका थिए । त्यस्तै कार्यक्रममा विद्यार्थीहरुको रगत ग्रुपको परिक्षण पनि गरिएको थियो ।

Show More

Related Articles

Back to top button