समाचारAll

व्यास नगरपालिकाद्धारा लामखुट्टे खोज र नष्ट गर अभियान तीव

दमौली खबर संवाददाता

दमौली, असोज १२

व्यास नगरपालिकाले लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको छ । दमौली बजारमा डेंगुको संक्रमण बढ्दै गएपछि दमौली बजार क्षेत्रहरुमा तिब्र पारिएको छ ।

वडाहरुमा डेंगु रोकथाम र न्यूनिकरणका लागि सरसफाइ देखि सचेतना कार्यक्रम सँगै लामखुट्टे खोज र नष्ट गर अभियान तीव्र पारेको हो । नगरपालिकाले बुधबार देखि सबै वडामा सामाजिक संघसंस्था,विद्यालय,स्वास्थ्य संस्था, टोल संगठन,राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । न्यौपानेले ,“ प्रदेश सरकारबाट खटिएका चिकित्सक सहितको विशेष टोलीलाई वडाका जनप्रतिनिधिको नेतृत्वमा घरघरमै पुगेर बिरामीको स्वास्थ्य जाँच गर्ने गरिएको छ । यता तनहँु प्रशासनको समन्वयमा दमौली बजारमा सरसफाइको कार्य तीव्र पारिएको छ ।

विहिबार नगरपालिकाले बजारी क्षेत्रमा रहेका सरकारी कार्यालय, विद्यालय, टोलमा सरसफाइ गरिएको उनले बताए । नगरप्रमुख न्यौपानेले डेंगु नियन्त्रणमा जिल्ला समन्वय समिति तनहँु, जिल्ला प्रशासन कार्यालय तनहँु, नेपाल रेडक्रस सोसाईटी लगायत विभिन्न सामाजिक संघ सस्थाको सहयोग पाएको बताउनुभयो । त्यस्तै विहिबार देखि नै घरघरमै चिकित्सक, जनप्रतिनिधि सहितको टोली पुगि बिरामीको अवस्था बुझ्ने गरेका नगरपालिकाको स्वास्थ्य तथा जनंसख्या शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Back to top button