समाचारAllkids

सिद्धेश्वरी माविमा रुम टु रिड कार्यक्रम अन्तर्गत सरोकारवालासँग अन्तरक्रिया

दमौली खबर संवाददाता

दमौली, असोज १२  गते

तनहुँको व्यास नगरपालिका–१२ कमलबारी स्थित सिद्धेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन गरिएको रुम टु रिड (पढ्नको लागि कोठा) कार्यक्रम द्धारा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बालिकाहरुलाई कसरी सुरक्षित तथा नियमित विद्यालय आउने वातावरण बनाउन र उनिहरुलाई बीचमै पढाई छाडेर विवाह गर्ने कार्य निरुत्साहित गर्ने उद्धेश्यले सरोकारवालाहरुसँग छलफल गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा व्यास नगरपालिका–१२ का वडाध्यक्ष बमबहादुर आलेको रहनु भएको थियो । सो अवसरमा वडाध्य आलेले यस्ता कार्यक्रमले बालिकाहरुलाई विद्यालय पढाई छाड्ने क्रम घट्ने एवम् बालिकाहरु नियमित विद्यालयमा आउनको लागि उप्रेरणा जागेकोल शैक्षिक गुणस्तर बढाउन मद्धत पुगेको बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रअ नारायण प्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रम वडा प्रतिनिधी राजकुमारी सेढाई, घाँसीकुवा स्वास्थ्यचौकी प्रमुख हरिश्चन्द्र न्यौपाने, सहायक प्रधानाध्यापक प्रतापसिंह अधिकारी, उच्च मावि संयोजक ज्ञानेन्द्र जिसी, शिक्षक प्रतिनिधी छविदीप आले, शिक्षकहरु बाबुराज वाग्ले, रस्मि सुवेदी, रमेश विकल, शिक्षक अभिभावक संघको सदस्य शान्ता दवाडी, बाल क्लब अध्यक्ष प्रसंशा पन्थ, उपाध्यक्ष पुजन उपरकोटी लगायतले मन्तव्य दिनु भएको थियो भने कार्यक्रमा रुम टु रिडको कार्यक्रम संयोजक सामाजिक परिचालक सिर्जना पराजुली र सुष्मा नागिलाले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्नु भएको थियो भने कार्यक्रम शिक्षक सृजना कैनीले सञ्चालन गर्नु भएको थियो ।

Show More

Related Articles

Back to top button