समाचारAllपत्रपत्रिकाबाट

वीपी विचार समाज तनहुँको क्षेत्रीय समिति गठन

विचार समाज तनहुँको विधान २०६७ को दफा १३ले दिएको अधिकार प्रयोग गरी समाजको क्षेत्र नं १ का सभापति केशरबहादुर गुरुङले निम्नानुसार पदाधिकारीहरुको मनोनयन गर्नुभएको छ । उपसभापतिमा रुद्रनिधी नैनाबस्ती, सचिव कमल खनाल , सह सचिव कृष्ण हमाल , कोषाध्यक्ष एलिशा गुरुङ, सदस्यहरुमा सुनाराम गुरुङ, पञ्चबहादुर गुरुङ, कटक बहादुर थापा , यामबहादुर थापा, लिलचन्द्र पाण्डे, ठाकुरप्रसाद अधिकारी, उपेन्द्र गुरुङ, जितबहादुर थापा, केशु गुरुङ, सीताराम बाँनिया , ईश्वर घिमिरे, शिव वस्ताकोटी, उर्मिला केसी पन्त, क्या.रेशम गुरुङ, नवराज श्रेष्ठ र श्रवणकुमार गुरुङलाई मनोनयन गर्नुभएको छ।

यसैगरी समाजको निर्वाचन क्षेत्र नं २ ,तनहँुका सभापति नरेन्द्र थापाले उपसभापतिमा नीलकण्ठ सिग्देल, सचिव बलराम गैरे, सह सचिव चिजकुमार श्रेष्ठ र कोषाध्यक्षमा विष्णु प्रसाद श्रेष्ठलाई मनोनयन गर्नुभएको छ । यसैगरी सदस्यहरुमा लेमबहादुर थापा, इमानसिंह थापा, तारानाथ पोख्रेल, हौडाबहादुर थापा, हिरासिंह थापा, ओमेन्द्र थापा, दोधराज रेग्मी र तुलशी सिग्देल मनोनयन भएका छन् । बाँकी ८ सदस्य पदमा मनोनयन गर्दै जाने २ नं क्षेत्रका सभापति नरेन्द्र थापाले बताए । वीपी विचार समाजको मूल उद्देश्य राष्ट्रिय अखण्डता अक्षूर्ण रहने गरी महामानव बीपी कोइरालाको मूल सिद्घान्त राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध रहेर देश र जनताको सेवा गर्नु नै हो । यही सिद्घान्तबाट प्रतिपादित पार्टी नेपाली कांग्रेसमा विकृति, विसङ्गति र गतिहिनता देखिएमा पार्टीलाई सचेत गराउनु र मूल धारमा ल्याउनु पनि समाजको उद्देश्य रहेको जिल्ला सचिव हरिशरण पण्डितले बताए ।

Show More

Related Articles

Check Also
Close
Back to top button