Uncategorizedपत्रपत्रिकाबाट

मजदूर दिवसको उत्साह लागेन तनहुँका मजदूरहरुलाई

सबिन लामिछाने । दमौली खबर संवाददाता
बैशाख १९
दमौली

तनहुँ, १९ बैशाख । आज नेपालसहित विश्वभर मे डे अर्थात विश्व मजदूर दिवस मनाइदैछ । तर यसपटक यो दिवस कोरोना भाइरसको महामारीका कारण छायाँमा परेको छ ।कोरोना भाइरसको कारण सबैभन्दा बढी मारमा परेका मजदूरहरुको बारेमा सर्वत्र चिन्ता त व्यक्त गरिएको छ तर उनीहरुको अवस्था भने ज्यूँका त्यूँ छ ।अर्थात काम नगरी साँझ विहान टार्न नसक्नेहरु अहिले पनि कोरोना भाइरसको जोखिम मोलेर मजदूरी गर्न विवश छन् ।यही सन्दर्भमा ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्ने तनहुँका मजदूरहरुलाई पनि मजदूर दिवसले छुन सकेको छैन । मे दिवसका दिन पनि सधैँ झैँ निरन्तर काममा तल्लिन रहेका उनीहरु ।नत उनीहरुलाई मजदूर दिवसले छोएको छ नत कोरोना भाइरस र लकडाउनले उनीहरुको दैनिक मजदूरीमा कुनै असर पारेको छ ।तनहुँको भिमाद नगरपालिका ७ मा भेटिएका मजदूरहरु सधैँ झैँ आफ्नो काममा व्यस्त देखिए । भिमाद बजारमा मजदूरी गरिरहेका अवस्थामा भेटिएका नबिन नेपाली अरु दिन त परको कुरा मजदूर दिवसका दिन पनि बिहानदेखि बेलुकासम्म काम गर्न विवश छन् ।मजदूरको हक, अधिकार र मजदूरहरुको दुःखको बारेमा कतै कतै सुनेका उनी आर्थिक उपार्जनका लागि सानै उमेरदेखि मजदूरी गर्दै आइरहेको बताउँछन् । मजदूर दिवसका बारेमा आफूलाई पूर्ण जानकारी नभएको पनि उनको भनाइ छ ।विगत लामो समयदेखि अरुको काम गर्दै आएका उनीसँग अहिलेसम्म मजदूर दिवस मनाएको अनुभव समेत छैन ।

Show More

Related Articles

Back to top button