Uncategorizedपत्रपत्रिकाबाट

प्रवीण प्रकरणः युवासंघ नेपाल र अनेरास्ववियु तनहुँद्वारा मृतकका परिवारसँग भेटघाट

Madan Timalsena
मदन तिमल्सेना । दमौली खबर संवाददाता
तनहुँ, बैशाख, १८ गते राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू तनहुँका पदाधिकारीहरु सम्मिलित टोलीले बैशाख ९ गतेका दिन भानु नगरपालिका वडा नं ५ मा भएको युवक हत्या काण्डमा मृत्यु भएका पविन गुरुंगको परिवारसँग भेटघाट गरेको छ । राष्ट्रिय युवा संघ नेपाल तनहुका अध्यक्ष ईस्वर बत्स्याल, अनेरास्ववियू तनहुका अध्यक्ष डम्बर बि क, राष्ट्रिय युवा संघ नेपाल तनहुका सह संयोजक भगवान् श्रेष्ठ लगायतका टोलीले मृतक गुरुङका परिवारलाई भानु नगरपालिका भन्सारमा भेटी समवेदना व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा अध्यक्ष बत्स्यालले घटनाको निष्पक्ष रुपमा छानबिन गर्न युवा संघले सहयोग गर्ने बताउनुभएको थियो । मृतक गुरुङका पिता बुद्धिराज गुरुङले शुरुको समयमा प्रशासनले सहयोग नगरे पनि पछिल्लो समयमा सहयोग गरेको र आरोपितहरुलाई कारवाही हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो थियो । उक्त अवसरमा मृतकका छिमेकी तथा आफन्तहरुले हत्या आरोपितहरुलाई जोगाउन अनेक चलखेल भइरहेको सुन्न आएकोले युवा संघ तथा अनेरास्ववियुले सत्य पक्ष्यमा उभिईदिनुहुन आग्रह गर्नुभएको थियो बिहीबारै उक्त टोलीले जिल्ला प्रहरी कार्यालय तनहुँका डिएस्पी लिलाराज लामिछानेलाई भेटी उक्त घटनाको स्वतन्त्र र निष्पक्ष रुपमा छानबिन गर्नुहुन आग्रह गरेको थियो । बैशाख ९ गतेका दिन साथीहरुसग गाउघुम्न गएका पविन गुरुंगको शव ११ गतेका दिन भानु नगरपालिका वडा नं ५ र ६ को सिमानामा भेटिएको थियो । सामान्य भनाभन पश्चात छोराको हत्या गरि खोल्सीमा फालिएको मृतकका बुबाको दाबी छ भने जाहेरीका आधारमा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाईरहेको छ ।

 

Show More

Related Articles

Back to top button