समाचारविचारUncategorized

अब व्यासमै कोरोना जाँच

अब व्यास नगरपालिकामै कोरोनाको जाँच गर्न सकिने भएको छ । रोटरी इन्टरनेशनलले व्यास नगरपालिकालाई तत्काल परीक्षण गर्न मिल्ने पोर्टेबल पीसीआर मेसिन हस्तान्तरण गरेको छ । पोखरामा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नगर प्रमुख बैकुण्ठ न्यौपानेलाई मेशिन हस्तान्तरण गरे । पोखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशको विभिन्न जिल्लाका पालिकालाई रोटरीले उपकरण हस्तान्तरण गरेको हो । कोरोना जाँचको लागि प्राविधिक र ल्याब निर्माणको लागि छलफल गर्न लागिएको नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । उनले भने, ‘ नगरपालिकाले मेशिनले आफैं परीक्षण गर्ने वा दमौली अस्पतालमार्फत गर्ने भन्ने निर्णय गर्न बाँकी छ ।’

मेशिनले तीन घण्टामा आठ जनाको नतिजा दिने र आपतकालिन अवस्थामा यो उपयोगमा ल्याउन सकिने बताईएको छ । कोरोना भाइरसको संक्रमण दिनानुदिन समुदायमै फैलिरहेको अवस्थामा व्यासमै पीसीआर परीक्षण सुरु गरिने भएको हो । कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरण गर्न र छिटो छरितो पीसीआर परीक्षण गरी संक्रमित भए नभएको पुष्टि गर्न अब व्यासमै पीसीआर परीक्षण सुरु गरिने उनले बताए । तनहँुका व्यक्तिको स्वाव संकलन गरी पोखरा र चितवन पठाउनुपर्ने बाध्यता रहि रहेको छ । स्वाव संकलन गरी पठाएको लामो समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टाईनमा बसेका व्यक्तिहरुले असन्तुष्टी व्यक्त गर्दे आइरहेका थिए । व्यासमै पीसीआर परीक्षण हुने भएपछि स्थानीय खुसी छन् ।

Show More

Related Articles

Back to top button