समाचारUncategorized

चियाको कपमै सन्तुष्टी

पृथ्वी राजमार्ग अन्र्तगत व्यास १२ घाँसीकुवाको छेउमा सानो खाजा पसल छ । बिहान पाँचबजे देखिनै दैनिक कर्म सुरु हुन्छ । ग्राहकलाई चिया, खाजा, खाना बनाएर खुवाउनुपर्छ । श्रीमान–श्रीमती दुवै जना चिया पसलको काममा खटिन्छ् । बिहान पाँच बजेबाट सुरु भएको दैनिक कर्म रातीको ११र१२ बजे सम्म पुग्छ । तर, आफ्नो कामबाट श्याम पन्त र शरदा पन्त सन्तुष्ट छन् । १० वर्ष भारतमा आफनो पढाई गरेर श्याम घर फर्किएका हुन् । लामो समय विदेश बसेका उनि घर फर्किएपछि विदेशी भूमिमा पाईला समेत नटेक्ने अठोट लिएका छन् । अनि त्यसपछि शुरु गरे आफ्नै देशमा कर्म । सानो ठेला बाट सुरु गरिएको व्यवसाय अहिले भाडमा ठाँउ लिएर चिया पसल चलाएका छन् उनले । आफ्नै देशमा ढुंगा फोरेर सुन निकाल्न सकिने हिम्मत राख्नुपर्ने उनको तर्क छ ।

आफ्नै देशमा श्रम गर्ने हो भने जस्तो सुकै परिस्थितिमा पनि चाहेको जती पैसा कमाउन सकिने उदाहरणीय पात्र बनेका छन् । भारतमा रहँदा समान्य केही रकम बचत गर्ने उनै श्यामले चिया, खाना पसलबाटै मासिक २० हजार बचत गर्दै आएका छन् । त्यस्तै पृथ्वी राजमार्ग छेउमै एक सानो कटेज छ । राजमार्ग अन्र्तगत म्याग्दे १ बचौउरमा रहेको कटेजमा एक जोडी निकै व्यस्त हुन्छ ग्राहकलाई चिया, खाजा, खाना बनाएर खुवाउन । ६ वर्ष तनहँुका विभिन्न संस्थागत विद्यालयमा पठनपाठन गराएका ओमबहादुर थापा र उनकी श्रीमती मिना थापा आफ्नो कामबाट सन्तुष्ट छन् । शिक्षक पेशा छोडेर दुबै जनाले ६ वर्ष अघि देखि खाजाको व्यवसाय गरेका हुन् ।

Show More

Related Articles

Back to top button