व्यास १ विज्ञानचौर स्थित रहेको े आदिकवि भानुभक्त क्याम्पसलाई व्यास नगरपालिकाले दुई हजार थान सेनिटरी प्याड हस्तान्तरण गरेको छ । नगरपालिकाका शिक्षा शाखा अधिकृत सन्तोष गोदार र कम्प्युटर अपरेटर अर्जुन सुनारले सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाई मंगलबार हस्तान्तरण गरेका हुन् । किशोर किशोरी कार्यक्रम अन्र्तगत महिनावारी स्वास्थ्य व्यवस्थापनका लागि सामुदायिक क्याम्पसलाई प्याड वितरण गरिएको शिक्षा शाखा अधिकृत गोदारले जानकारी दिए । उनले अति आवश्यक रहने भएकोले सेनिटरी प्याड वितरण प्रभावकारी हुने बताए । स्वास्थ्यको दृष्टिकोणले पनि सेनिटरी प्याड प्रयोग गर्नु पर्ने उनको भनाई थियो । सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले क्याम्पसमा धेरै छात्रा रहेको हुनाले उक्त प्याड प्रभावकारी हुने बताईन् । उनले भनिन्,‘ महिनाबारिका बेला अधिकांश छात्राहरु क्याम्पस अनुपस्थित हुने गरेका थिए निशुल्क प्याड बितरणले उनिहरुको अध्यन नियमित गराउन सहायता पुग्ने छ । ’
Related Articles
इलाका प्रशासन कार्यालय थप गर्न पहल गरौं
August 10, 2022
आँबुखैरेनी गाउँपालिकाले अतिक्रमित पैदलमार्ग खाली गर्ने
September 27, 2022
Check Also
Close
-
समाजद्धारा दमौलीमा सामुहिक रक्षा बन्धन हुने
August 14, 2022