समाचार

ट्राफिक व्यवस्थापनमा सघाउदै स्थानिय सरकार

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुले थालेको ट्राफिक व्यवस्थापन अभियानमा स्थानिय सरकारले सघाउन थालेका छन् । राजमार्गमा गुड्ने सवारी साधनहरुको व्यवस्थापनका लागि तनहँुका ५ स्थानिय तहले ट्राफिकलाई साङकेतीक सामग्री हस्तान्तरण गरेको छ । जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, म्याग्दे गाँउपालिका,आँबुखैरेनी गाँउपालिका र बन्दिपूर गाँउले ट्राफिकलाई साङकेतीक सामग्री सहयोग गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाटका अनुसार स्थानिय तहबाट नो पार्किङ,नो हर्न, दुद्र्यटनाग्रस्त क्षेत्र, ट्राफिक कोन,स्पिड लिमिट लगायत विभिन्न ट्राफिक साङकेती सामग्री सहयोग प्राप्त भएको छ । व्यास नगरपालिकाले ४१ थान बोर्ड,आँबुखैरेनी गाँउपालिकाले ४६ थान,बन्दीपूर गाँउपालिकाले ३० थान, भानु नगरपालिकाले २७ थान, म्याग्दे गाँउपालिकाले ४७ थान ट्राफिक संकेत सामग्री सहयोग गरेको छ । स्थानिय तहबाट आएको सहयोगले ट्राफिक व्यवस्थापनमा धेरै सहज भएको ट्राफिक प्रमुख रानाभाटले बताए ।

उनले भने,‘यसरी स्थानिय सरकारबाट आएको सहयोगले हामीलाई ट्राफिक व्यवस्थापनमा धेरै सहयोग पुगेको छ । हामीलाई सहयोग मात्र नभई हौसला पनि पाएका छौं । ’ ट्राफिकलाई स्थानिय सरकारले मात्र होईन , उद्योग वाणिज्य संघ लगायत दमौलीका बैंकहरुले पनि सहयोग गरेका छन् । नो पार्किङमा पार्क गर्ने सवारी साधनलाई कारबाही गर्न तनहँु उद्योग वाणिज्य संघ चेन लक,नो पार्किङ लगायतका ट्राफिक साङकेती सामग्री सहयोग गरेको छ । दमौलीमा शाखाका रहेको माछापुच्छे बैंक, प्रभु बैंकले पनि ट्राफिक व्यवस्थापनको लागि सहयोग गरेको छ ।

Show More

Related Articles

Back to top button