समाचार

जिम्मेवारी पाँच जिल्लाको, अनुगमन तीनको मात्रै

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले पाँच जिल्लाको अनुगमन गर्ने जिम्मेवारी पाएको भएपनि कर्मचारी अभावले तीन जिल्लाको मात्रै अनुगमन गर्दै आएको छ । दरबन्दी अनुसार कार्यालयमा कर्मचारी नहुँदा अनुगमन प्रभावित बनेको हो । विभिन्न जिल्लाको गरी करिव दश हजार खाद्य व्यवसायीको अनुगमन गर्ने जिम्मा कार्यालयको हो तर हुन सकेको छैन । तनहुँमा मात्रै दुई हजार दुई सय भन्दा बढी खाद्य व्यवसायी छन् । यहाँ हप्तामा दुई दिन बिराएर अनुगमन गरिदै आएको छ । तर, अन्य जिल्लामा भने खासै अनुगमन गर्न सकिएको छैन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेल भन्छन् । ‘तनहुँका विभिन्न बजारमा दुई दिन बिराएर अनुगमन गर्दै आएका छौ । यहाँ अनुगमन प्रभावकारी भएको छ । तर, अन्य जिल्लामा अनुगमनलाई प्राथमिकता दिन सकेका छैनौ । कार्यालयमा म एक्लै छु । एक्लैले जताततै भ्याउनुपर्ने बाध्यता छ तर सकिएको छैन,’ उनले भने । तनहुँसहित गोरखा, लमजुङ, मनाङ र पुर्वीनवलपरासीको अनुगमन गर्ने जिम्मेवारी कार्यालयको हो । तर सबै जिल्लामा अनुगमन गर्ने कर्मचारी पुग्न सकेका छैनन् जसले गर्दा अनुगमन प्रभावित बनेको छ । समयसमयमा अनुगमन नहुँदा स्थानीयले समेत स्वच्छ खाद्याान्न उपभोग गर्न पाएका छैनन् । ‘अहिले अनुगमनको लागि म एक्लै जताततै हिँडेको छु । कार्यालयमा एउटा कार्यालय सहायक मात्र छन् । एउटाले कार्यालय कुर्नुपर्यो जताततै म आफै दौडिनुपर्दा पनि समस्या भएको हो ।’,उनले भने ।

कार्यालयमा तीन जनाको दरबन्दी भएपनि दुई जना प्राविधिक खाली छन् । जनशक्ति अभावले जम्मै जिल्ला पनि जान सकिएको छैन । कार्यालयमा चार पांग्रे सवारी साधन पनि छैन । तनहुँमै अनुगमन गर्दा मोटरसाइकलले सहज गराएपनि बाहिरी जिल्ला जाँदा समस्या हुन्छ । भन्ने बित्तिकै सवारी साधन पाइदैन । कार्यालयमा चारपांग्रे सवारी छैन । रिजर्ब गरेर जाँदा चर्को शुल्क लाग्छ । एकातिर कर्मचारीको अभाव, अर्कोतिर सवारी साधन छैन । त्यसकारण बाहिरी जिल्लाको अनुगमनलाई निरन्ंतरता दिन नसकेको उनले बताए ।

Show More

Related Articles

Back to top button