साहित्य

गाउँको सिंहदरबारको भवन शिलन्यास

मुलुकमा संघियता स्थापित भएर तीन तहको सरकार बन्यो । संघ, प्रदेश र स्थानिय सरकार । प्रदेश र स्थानिय सरकारलाई सेवा प्रवाहमा आफ्नै सुविधासम्पन्न भवन नहुदाँ बढो सकस छ ।

अझ गाउँको सिंहदरबार अर्थात स्थानिय सरकारको अंग वडा कार्यालयको त कन्तविजोग देखिन्छ । साँघुरो र अध्यारो भाडाको घरबाट सेवा दिन बाध्य छन् । कतिपयले पञ्चायतकालीन पुराना भवनबाट सेवा दिईरहेका पाईन्छ ।

जनताको सबैभन्दा नजिकको सरकार वडा सरकारका भवन बल्लतल्ल ठडिने मेसो हुदैँछ । पञ्चायतको बेलामा बनेको भवनबाट सेवा दिनेमध्यको एक हो तनहुँको शुक्लागण्डकी नगरपालिका २ नम्बर वडा कार्यालय । यहाँका जनप्रतिनिधीले कार्यभार सम्हालेको झण्डै ४ बर्ष पुग्न आट्दा नयाँ भवनबाट सेवा दिने इच्छा पुरा हुन छाँट आएको छ ।

वडाको नयाँ प्रशासनिक भवनको मंगलबार शिलन्यास गरियो । एक तलाको पक्की भवनको नगरप्रमुख किसान गुरुङ र प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले शिलन्यास गरेका हुन् ।

नगरप्रमुख गुरुङले समयमै गुणस्तरिय भवन निर्माण गरी वडालाई हस्तानतरण गर्न निर्माण व्यवसायीलाई सुझाए । उनले यो बर्ष ३ वटा वडामा नयाँ भवन बनाउन बजेट विनियोजन गरेको बताए । २,५ र ७ नम्बर वडा कार्यालयको यसपाली भवन बन्नेछ । ५ नम्बर वडाले पनि पुरानो वडा कार्यालयको भवनबाट सेवा दिईरहेको छ भने ७ नम्बर ले महिला शहकारीको भवनबाट ।१२ वडा रहेका यहाँ अन्य वडा भने आफ्नै भवनबाट सेवा दिईरहेका छन् ।

प्रमुख प्रशासकिय अधिकृत सुवेदीले ठेक्का लिने तर समयमा काम नसक्ने प्रवृत्ति व्यापक रहेकाले समयमै काम सक्नुपर्नेमा जोड दिए । हाल यो वडाले पञ्चायत बेलामा बनेको वडा कार्यालय भवनबाट सेवा दिईरहेको छ । बिचमा जनप्रतिनिधी नभएको समयमा उक्त भवन यहाँको कोत्रे जुवादी खानेपानी र राईपुर सामुदायिक वनले प्रयोग गरेको वडाध्यक्ष जगतबहादुर गुरुङले बताए । युवा क्लबले पनि यही भवन प्रयोग गर्दछ । नयाँ भवन ठडिएपछि पुरानो भवनलाई खानेपानी र वनलाई प्रयोग गर्न दिने उनले जनाए ।

शिलन्यास गरिएको वडा कार्यालय भवन निर्माणको ठेक्का नाईसा कन्सट्रक्सनले पाएको छ । ४५ लाख २३ हजार ८ सय ५२ रुपैयाँमा सम्झौता भएको नगरपालिकाले जनाएको छ । ६७ लाख रुपैयाँको टेन्डर आह्वान गरिएकोमा ३३ प्रतिशत कम रकममा ठेक्का परेको हो । अन्य दुई वडाको ठेक्का पनि नाईसाले नै पारेको छ । तीन वटै वडा कार्यालयको भवन निर्माणका लागी नगरले ४० लाख रुपैयाँको दरले बजेट छुट्याएको छ ।

Show More

Related Articles

Back to top button