प्रेट्रोलियम पद्धार्थहरु प्रट्रोल, डिजेल,मट्टितेलको मूल्य आकाशिएको छ । विदेशबाट आयात गर्नुपर्ने भएकोले ठुलो धनराशी विदेशिएको छ । नेपालमा हजारौं नदी, खोला नाला, छहराका पानी खेर गईरहेका छन् । विद्युत निकाल्ने विद्युतीय सवारीलाई प्रोत्साहन गर्न नेताहरुले सकेनन् । ढिलै भएपनि नेपाल विद्युत प्राधिकरणको नेतृत्व कुलमान घिसिङको हातमा गएपछि छलाङ मारेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको छ विद्युत् निर्यात एक अर्ब युनिट नाघ्नु नेपालको लागि ठुलो उपलब्धी हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत् बिक्रीबाट ४ अर्ब ९५ करोड ७६ लाख भारु नेपाल भित्रिएको छ । यसबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको छ । नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुल भएकोले यसको समुचित प्रयोग गर्ने र विदेशी मूल्य आयआर्जन गर्न नेपाल सरकारले ध्यान दिनुपर्छ । स्वदेशमै खपत बढाउन विद्युतीय सवारी साधन र ग्याँस सिलिण्डको बदलतमा विजुलीबाट चल्ने चुल्होलाई प्राथमिकता दिने नीति बनाउनु पर्छ । गरे के हुँदैन भन्ने कुलमानले देखाई सकेकाले देशमा कुलमान जस्ता व्यक्ति काम गर्ने अवसरमा दिनुपर्छ ।
Related Articles
वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न
March 5, 2023
कृषकको समस्या तुरुन्त समाधानमा ध्यान दिऔं
March 6, 2023
Check Also
Close
-
नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना
September 20, 2022
