हेडलाईनसमाचारAll

एकिकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएन

दमौली खबर संवाददाता
दमौली, असोज २६ । गठबन्धन क्रममा तनहुँमा भाग नपरेपनि नेकपा (एकीकृत समाजवादी) तनहुँको प्रदेशसभा सदस्य निर्वाचनमा एकलै होमिने भएको छ ।
     सत्तारुढ गठबन्धन दलसँगको सहमतिमा एउटा प्रदेशसभा मागेपनि कुनैपनि पद नपाएपछि नेकपा एसले चारवटै प्रदेशसभा क्षेत्रमा उम्मेदवारी दिएको जिल्ला अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनबाट धोका भएकोले उम्मेदवारी फिर्ता नलिएको उहाँ बताउनुभयो ।
२०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित कृष्णकुमार श्रेष्ठ (किसान)लाई अन्तै व्यवस्थित गरेपछि तनहुँ–१(१) र २(२) मध्ये एउटा प्रदेश मागेको तर नपाएकोले उम्मेदवारी दर्ता गरेको कार्कीको भनाई छ । समाजवादीबाट तनहुँ–१(क) मा विद्यानाथ ढकाल, तनहुँ–१(ख) मा कलिला खान, तनहुँ–२(क)मा दुर्गाकुमार श्रेष्ठ र तनहुँ–२(ख) मा प्रतापलाल श्रेष्ठ उम्मेदवार बन्नु भएको छ ।
Show More

Related Articles

Back to top button