समाचारAll

आँबुखैरेनी गाउँपालिद्धारा १५ बेड क्षमताको अस्पताल सञ्चालन

दमौली खबर संवाददाता
आँबुखैरेनी १ मंसिर । तनहुँको एक पालिका आफैले अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पताल सञ्चालनमा ल्याउनेमा आँबुखैरेनी गाउँपालिका रहेको छ । अस्पताल
अस्पतालको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले एक कार्यक्रमका बीच शुभारम्भ गर्दै स्थनीय तहको निर्वाचनमा जनता माझ आफुले गरेको वाचा पूरा गरेको बताउनुभयो । साथै उहाँले उपचारको लागि चितवन, पोखरा जानु पर्ने बाध्यतालाई कम गर्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभयो । साथै उहाँले पालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको जानकारी दिनुभयो । टाढा र महंगा निजि अस्पताल जानुपर्ने आँबुबासीहरुले सास्ती भोग्नु पर्ने समस्याको अन्त्य हुने विश्वास गाउँपालिकाले लिएको छ ।
अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरणको व्यवस्था मिलाइने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । अस्पतालमा अहिले एक जना डाक्टरको मेडिकल टिम सहितका स्वास्थ्यर्कीले सेवा दिने छन् । आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र डाक्टरको व्यवस्था मिलाइने बताइएको छ ।गाउँपालिकाले डाक्टर सहितको मोबाइल टिम टोल टोलमा पुगेर जनताको स्वास्थ्य परीक्षण गर्ने लगायतका योजना बनाएर अघि बढ्ने लक्ष्य राखिएको शर्माले जानकारी दिनुभयो ।
Show More

Related Articles

Back to top button