हेडलाईनसमाचारAll

विश्व हुलाक दिवस विविध कार्यक्र्र्रम गरी मनाइयो

दमौली खबर संवाददाता
दमौली, असोज २५ ।
१४८ औं विश्व हुलाक दिवस २०२२ ९ अक्टोवर ९ ०को अवसरमा तीन दिन विभिन्न कार्यक्रम गरी मनाईएको छ ।  असोज २३ गतेदेखि २५ गतेसम्म मनाईएको हो ।  जिल्ला हुलाक कार्यालय तनहुँमा वार्षिक कर्मचारी तथा सेवाग्राही सम्मान, कार्यालय परिसर सरसफाई लगायतका विविध कार्यक्रमका साथ मनाइयो छ ।
      जिल्ला,ईलाका तथा अतिरिक्त हुलाकका कर्मचारी समेतको व्यापक सहभागिता र हर्षोल्लासपूूर्ण मनाईएको थियो । २०७९ असोज २४ गते आयोजित विशेष कार्यक्रममा ३ वटै स्तरका हुलाकबाट १÷१ जना कमशःजिल्ला हुलाकका हल्कारा राजेशबहादुर कुमाल, टुहुुरेपसल ईलाका हुलाकका हल्कारा  लक्ष्मण अधिकारी तथा पोखरीभञ्ज्याङ्ग अतिरिक्त हुलाकका हुलाक प्रतिनिधि पार्वती थापा जोशीलाई जनही नगद १÷१हजार,सम्मानपत्र र खादाका साथ सम्मानित गरिएको थियो  । यस्तैी जिल्ला हुलाकबाट अन्यत्र सरुवा भै जानुुभएका कर्मचारीको उपहारसहित विदाई फेरि भेटौंला सम्मान, पहिलो सेवाग्राहीलाई पुुष्पगुच्छा सहित स्वागत सम्मान, सेवाप्रवाह सुधार,हुलाकका समस्या र गुनासो, समाधानका उपाय र जिल्ला हुलाक आफैंले गर्नसक्ने र समन्वयात्मक तवरले गर्नुपर्ने विषयमा सहभागीहरू वीच अन्र्तक्रिया–छलफल–प्रश्नोत्तर तथा कार्यक्रमको दोस्रो सत्रमा घैंटो फुुटाई लगायतका मनोरञ्जनात्मक कार्यक्रमको आयोजना र सो कार्यक्रमहरूमा विजयी हुनेहरूलाई पुरस्कृत गरिएको थियो ।
    वार्षिक रुपमा यसरी जिल्लास्थित सवै स्तरका हुलाकका हुलाककर्मीहरूको व्यापक सहभागितामा दिवस मनाउँदा हुलाककर्मीहरूको मनोवल वृद्धि भै सेवाप्रवाह सुधार र कार्यसम्पादनमा प्रभावकारिता आउने अपेक्षाकासाथ विश्व हुलाक दिवसको सेरोफेरोमा कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।  उक्त कार्यक्रम जिल्ला हुलाक कार्यालयका प्रमुख मित्रलाल भट्टराई अध्यक्षता भएको थियो । कार्यक्रमको सहजीकरण नायब सुब्बा तथा सूचना अधिकारी सचिन पौडेलले गर्नु भएको थियो ।
Show More

Related Articles

Back to top button