समाचारAll

वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम सम्पन्न

दमौली खबसंवाददाता

दमौली, फागुन २१

व्यास नगरपालिका वडा नम्बर १ का महिलाहरुलाई उद्यमशिलता विकास तथा वित्तिय साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । व्यास १ मा रहेको दरैभवनमा शुक्रवार आयोजित उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले महिलाहरु कृषि, उद्योग लगायतका क्षेत्रमा अगाडी बढेको क्षेत्रमा स्वरोजगार बनि आत्मनिर्भर हुन सकिने बताउनुभयो ।

एनएमवि लघुवित्त वित्तिय संस्था लिमिटेड केन्द्रिय कार्यालय पोखराको आयोजनामा आयोजित उक्त शाखा प्रवन्धक टिक बहादुर अधिकारी, कर्जा व्यावसाय विभागीय प्रमुख कमल पोख्रेल, क्षेत्रीय कार्यालय सत्रसयका क्षेत्रीय प्रवन्धक रोजिना कंडेल लगायतले महिलाहरु आत्मनिर्भर बन्नको लागि आआफ्नो मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा व्यास १ का दुई सय भन्दा बढि महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो ।

Show More

Related Articles

Back to top button