समाचारAll

भादगाउँमा योग शिविर सुरु

दमौली खबर संवाददाता

दमौली, फागुन २१ ।

‘गरौँ योग रहौँ निरोग’ भन्ने नाराका साथ व्यास १ भादगाउँमा रहेको मगर समाज सुधार भवनमा शनिवारबाट पतञ्जली योग विज्ञान शिविर सुरु भएको छ । मगर समाज सुधार समिति तनहुँको आयोजना र पतञ्जली योग समिति तनहुँको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले उद्घाटन गर्दै शारिरिक र मानसिक रुपा तन्दुरुस्त रहन योग शिविर महत्वपूर्ण रहने बताउनुभयो ।

मगर समाज सुधार समितिका अध्यक्ष पूर्ण बहादुर थापाको सभापतित्वमा भएको उक्त योग शिविरमा वडा नं. १ का वडाध्यक्ष रमेश चन्द्र हड्खले, पतञ्जली योग समिति तनहुँका अध्यक्ष मानबहादुर आले, रमेश चन्द्र हड्खले, वडासदस्य कृष्ण दुरा, सुनिता सुनार, पूर्व जिविस उपसभापति वल बहादुर आले, लगायतको उपििस्थ्त रहेको उक्त शिविर फागुन २९ गते सम्म सञ्चालन हुने योग समितिका संगठन मन्त्री अर्जुन श्रेष्ठले बताउनुभयो ।

Show More

Related Articles

Back to top button