हेडलाईनसमाचारAll

अधेरीभञ्ज्याङमा दलित महिला सहितकालाई नेतृत्व विकास र सामाजिक सुधार तालिम

दमौली खबर संवाददाता
तनहुँ : व्यास १० अंधेरीभञ्ज्याङका दलित महिला सहितका स्थानीयलाई नेतृत्व विकास र सामाजिक सुधार तालिम प्रदान गरिएको छ ।
स्थानीयलाई नेतृत्व गर्ने तहसम्म पु¥याउने सोंचका साथ गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोग र परिवर्तनका लागि मिडियाको आयोजनामा शुक्रबारदेखि दुई दिन सम्म तालिम संचालन गरिएको हो ।
तालिममा सहभागीलाई नेतृत्व तहमा पुग्नको लागि विकृति र विसंगतिलाई हटाउनुपर्ने, लगायत सार्वजनिक सम्पदाको संरक्षण र समाजमा आपसी भाइचारा कायम गर्नुपर्ने, वालवालिकालाई शिक्षाबाट बञ्चित गर्न नहुने र बढ्दो मोवाइलको प्रयोगसँगै वालवालिकामा देखिएको नकारात्मक समस्या लगायतको बारेमा प्रशिक्षण दिईएको थियो । करिव ३५ जना दलित महिला सहित कुमाल र दरै महिला समेत गरी करिव ५५ जना सहभागी उक्त तालिममा तनहुँका युवा नेता तथा विभेद विरुद्धको अभियानमा सकृय कृष्ण रुचाल र पत्रकार पूर्ण विकेले सहजिकरण गर्नु भएको थियो  । तालिम कार्यक्रमको समापन गर्दै व्यास नगरपालिका वडा नम्बर १० का अध्यक्ष खेमराज पोखरेलले तालिमलाई व्यवहारिक प्रयोग गर्ने गरी लाभ लिन सहभागीलाई आग्रह गर्नुभयो ।
     अध्यक्ष पोखरेलले तालिममा सिकेको सिपलाई व्यवहारमा प्रयोग नगरे स्वयं आफैं पछि पर्ने बताउनुभयो । विभिन्न तालिम प्रदान गरी दलित महिला सहितका स्थानीयको क्षमता अभिवृद्धि गर्ने कार्यमा आफूहरु समेत सकृय भएर लाग्ने वडा अध्यक्ष पोखरेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।  व्यास नगरपालिका वडा नम्बर १० का सदस्य यज्ञप्रसाद शर्माले अँंधेरीभञ्ज्याङमा महिला लगायत स्थानीयको विकासमा आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो । वडा तहबाट प्रदान गरिने सेवा सुविधालाई आफूहरुले अंधेरीभञ्ज्याङका दलित सहितका महिलाहरुलाई नछुटाउने गरी प्राथमिकतामा पार्ने समेत उहाँले बताउनुभयो । सहजकर्ता रुचालले समाजमा  सकारात्मक परिवर्तनको लागि सबै जातजातिको सोंचमा पनि सकारात्मक परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो ।
 निर्वाचनको बेला दलितहरुलाई भोट बैंकको रुपमा मात्र प्रयोग गर्ने र निर्वाचन सकिएपछि दलितहरुलाई वेवास्ता गर्ने प्रचलन बढ्दै गएको उहाँले बताउनुभयो । दलितहरुको क्षमता अभिवृद्धि र संरक्षण गर्ने दायित्व राज्यको रहेको भन्दै २१ औं शताव्दीमा पनि छुवाछुत र जातिय विभेदमा बहस गर्नु दुखद् भएको रुचालले बताउनुभयो । स्थानीयजनता आधारभूत विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर बरालीले सामुदायिक विद्यालयको संरक्षण गर्ने दायित्व स्थानीय अभिभावक, विद्यार्थी र शिक्षकहरुको भएको बताउनुभयो ।
तालिमबाट आफूहरुले सरसफाई र आचरणमा सुधार गर्नु पर्ने र नेतृत्व प्राप्तिको लागि स्वयं आफूहरु नै सकृय रहनुपर्ने बारे जानकारी पाएको तालिममा सहभागी धैरेनीअँधेरीभञ्ज्याङ टोल विकास संस्थाका सचिव चिजबहादुर विकले बताउनुभयो । तालिमपछि आफूहरुले वालवालिकालाई कुटपिट गर्न नहुने र मोवाइल लगायतको खेलौना दिन नहुने बारे जानकारी पाएको स्थानीय फुलमाया परियारले बताउनुभयो ।
Show More

Related Articles

Back to top button