समाचारAll

लायन्सको स्वास्थ्य शिविरमा २०१ जना लाभान्वित

दमौली खबर संवाददाता

दमौली, फागुन २१

लायन्स क्लब अफ तनहुँ, लियो क्लब अफ को आयोजना तथा दमौली स्थित लोकप्रिय स्वास्थ्य क्लिनिकको सहयोग तथा युआरएलको प्राविधिक सहयोगमा शनिबार निशुल्क स्वास्थ्य शिविर गरिएको छ । सुगर, थाइराइड तथा हर्मोनको रोग शिविर गरिएको हो ।

शिविरको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख न्यौपानेले लायन्स क्लबले मानिसलाई सबैभन्दा महत्वपूर्ण स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा शिविरको माध्यमबाट सहयोग गर्दै आईरहेकोमा खुसी व्यक्त गर्नुभयो । यस्ता शिविरहरु गाउँका दुरदराजमा सञ्चालन गरिनु पर्ने र त्यसको लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने न्यौपानेले बताउनुभयो ।

लायन्स क्लब अफ तनहुँका अध्यक्ष राजु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, क्लबका पूर्व अध्यक्ष श्रीभद्र खनाल लगायतले मन्तव्य दिनु भएको थियो । शिविरबाट दुई सय एक जना लाभान्वित भएका छन् । शिविरमा मणिपाल शिक्षण अस्पतालमा कार्यरत सुगर, थाईराइड तथा हर्मोन रोगका विशेषज्ञ डा. रमेशराज आचार्यले स्वास्थ्य परिक्षण गर्नुभएको थियो । शिविर रोग सम्बन्धि सचेतना पनि दिर्ईएको थियो ।

Show More

Related Articles

Back to top button