हेडलाईनसमाचार

बाल मन्दिरमा बाल दिवस मनाईयो

दमौली खबर संवाददाता
५८ औँ राष्ट्रिय बालदिवस देशैभरी मनाउने क्रममा बुधवार व्यास–२ दमौलीमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले पुरस्कार वितरण एवं सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।
 उक्त कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले विद्यालयको पहुँचमा जान नचाहने, आर्थिक रुपले विपन्न तथा बजारमा काम खोज्न आएका श्रमिक वर्गका छोराछोरीले सुलभ शिक्षा बालमन्दिर माविले प्रदान गरेको बताउदै व्यास नगरपालिका बाल मैत्री नगरपालिका बनाउने प्रयासमा रहेको बताउनुभयो । नगरप्रमुख न्यौपानेले शिक्षा पाउनु वालवालिकाको नैसर्गिक अधिकार भएकोले शिक्षाको पहुँच बाट बाहिर रहेको बाल बालिकालाई नगरपालिकाले समता विद्यालय खोलेको बताउनुभयो ।
                    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन सन्तलाल श्रेष्ठको अध्यक्षतामा भएको कायृक्रममा उक्त कार्यक्रममा व्यास नगरपालिकाका शिक्षा  तथा सामाजिक विकास शाखा प्रमुख नविन पराजुली, व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठ, बालकल्याण समितिका पूर्व अध्यक्ष तिलबहादुर थापा, शिक्षक अभिभावक संघ अध्यक्ष हरिप्रसाद शर्मा, विद्यालयका प्रधानध्यापक राजेन्द्र खनाल लगायतले बाल अधिकार र वाल दिवसको महत्वका वारेमा चर्चा गरेका थिए । त्यस अवसरमा एसईई तथा कक्षा १२ को परिक्षामा उत्कृष्ट  अङ्क ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । यसै बिच व्यास ५ पाटन घर भई हाल बालमन्दिर माविमा कक्षा १२ मा पढ्ने नरेश थापाले कक्षा ८ मा पढ्ने देवी थापालाई कक्षा १० सम्म लाग्ने पढाई सुल्क तथा कक्षा ११ मा पढ्ने मोनिका थापालाई कक्षा १२ सम्म पढ्ने सुल्क बेर्होने घोषणा गरेका थिए ।
Show More

Related Articles

Back to top button