हेडलाईनसमाचार

पल्सर मोटरसाइकल १२५ सिसिको बजारमा

दमौली खबर संवाददाता
दमौली, भदौ २९ ।
पल्सर मोटरसाइकल १२५ सिसिको सोमबार देखि  बजारमा आएको छ । यसै क्रममा व्यास नगरपालिका ४ स्थित जिएमटी अटो मोवाइल्स बजाज सोरुमले १२५ सिसिको एनएस पल्सर मोटरसाइकल लन्च गरेको छ ।  चलाउदा आरामदाय, आर्कषण र पेट्रोल खपत हुने हेर्दा आकर्षण देखिने जस्तो विशेषता रहेको जिएमटी अटो मोवाइल्सका प्रोप्राइटर टिका गिरीले बताउनुभयो । तिब्र गतिका बेला समयमै ब्रेक लाग्ने, चढ्दा आरामदायी, हेर्दा समेत निकै आकर्षण देखिने उक्त पल्सर मोटरसाइकल बजारमा ल्याइएको सोमबार गरिएको उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो । देशैभर उक्त मोटरसाइकल बुधबारबाटै लन्च गरेको जानकारी उहाँले दिनुभयो ।
          यस अघि पल्सर १६०, २००, २५० सिसी सम्मका मोटरसाइकल संचालनमा थियो । उक्त मोटरसाइकलको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपाल र वडा नं. ४ का अध्यक्ष मनबहादुर गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त मोटरसाइकलको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको सो अवसरमा जानकारी दिईयो ।  दशै र तिहार ठुला पर्वको लागि उक्त मोटरसाइकल खरिद गर्दा ७ हजार रुपैयाँ छुट दिइएको गिरीले बताउनुभयो । साथै पर्वको उपलक्ष्यमा २५ प्रतिशत फाइनान्स समेत छुट दिइने व्यवस्था छ ।
Show More

Related Articles

Back to top button