समाचार

फरार रहेका १० प्रतिवादीलाई पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहँुले विभिन्न मुद्दामा फरार रहेका १० जना प्रतिवादीलाई पक्राउ गरेको छ। लागु औषध गाँजा मुद्दामा बिगत १ बर्ष देखी फरार रहेकी व्यास २ भेटघाटचोक बस्ने ३० वर्षीया साहिदा भन्ने सना खानलाई पक्राउ गरिएको छ । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार साहिदालाई गत चैतमा जिल्ला अदालतले ४ महिना कैद र चार हजार जरिवाना तोकेको थियो । उनलाई जिल्ला अदालतमा उपस्थित गराईएको उनले बताए ।

त्यस्तै सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना, जालसाजी मुद्दामा फरार १ जना र लुटपिट मुद्दामा फरार १ जना गरी १० जनालाई प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाई कार्यालयहरुबाट पक्राउ गरी गरिएको उनले बताए । पक्राउ गरिएका बाट पन्ध्र हजार पाँच सय जरिवाना भुक्तानको समेत उनले बताए । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई प्रहरी तिब्रता दिदै आएको छ ।

Show More

Related Articles

Back to top button