हेडलाईनसमाचारशिक्षास्वास्थ्य

दमौलीमा पहिलो पटक निजी विद्यालय शान्तिवर्षमा नर्सिङ सुविधा प्रदान

दमौली खबर संवाददाता
दमौली, भदौ २९ गते ।
दमौलीमा निजी विद्यालयको तर्फबाट विद्यालयमै स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५ चपाघाट स्थित शान्ति वर्ष अंग्रेजी माविले विद्यार्थी, अभिभावक तथा स्थानीय वासिन्दाको लागि अलगै उपचार कक्षको व्यवस्था गरेको हो ।
विद्यालयले सिएम र स्टाफ नर्सको सेवाको बाल दिवसको उपलक्ष्यमा स्थापना गरेको छ । नसिङ्ग केयर युनिटको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृषराज श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष श्रेष्ठ विद्यालयले नाफा कमाउने कुरालाई नभई र सेवालाई प्राथमिकता दिनु पर्छ भनेर सेवा सञ्चालन गरिएको बताउनुभयो । साथै उहाँले विद्यार्थी मात्रै नभई अभिभावक र स्थानिय बासिन्दाले निशुल्क सेवा पाउने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रम  विद्यालयका कक्षा ९ का छात्रा अरुणिमा खनालको अध्यक्षतामा भएको थियो । नर्सरी केयर युनिटको लागि फिस्टेल अस्पताल पोखरा, चरक अस्पताल पोखरा, जनस्वास्थ्य कार्यालय तनहुँबाट सामान तथा औषधी प्राप्त भएको विद्यालयका प्रिन्सिपल दीपक सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय संरक्षक डम्बरदेव कैनी व्यवस्थापन समितिका सदस्य विष्णुकुमार श्रेष्ठ, सहायक प्रधानाध्यापक खेमलाल श्रेष्ठ लगायतले स्वास्थ्य सेवा प्रदान गर्नको लागि यसै विद्यालयमा पढेर चिकित्सक बनेका व्यक्तिबाट सहयोग गरेको प्रति खुसी व्यक्त गर्दै भविश्यमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नु भएको थियो । यसै अवसर पारेर यस विद्यालयमा अध्ययनरत छात्र– छात्राहरुको रगतको समूह छुट्याउने कार्यक्रम पनि संचालन गरिएको थियो । सो अवसर ३४५ जना विद्यार्थीको रक्त ग्रुप छुट्टाईएको थियो ।
उक्तः कार्यक्रममा व्यास – २, दमौली स्थित विश्व शान्ति वर्ष अङ्ग्रजी मा.वि मा अध्ययनरत छात्र–छात्राहरुको पनि रगतको समूह छुट्याउने कार्यक्रम भएको थियो र उक्तः कार्यक्रमको लागि दमौली स्थित रत्नहरी अस्पताल वाट प्राविधिक सहयोग प्राप्त भएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक रामवहादुर आलेले गर्नु भएको थियो । विद्यालयले नियमित रुपमा नसिङ्ग स्ताफको माध्ययबाट विद्यार्थीहरुको दैनिक स्वास्थ्य शिविरहरु आगामी दिनमा संचालन गर्दै लैजाने प्रिन्सिपल सिग्देलले बताउनुभयो । विद्यालयले प्राथमिक उपचारको लागि आवश्यक औषधि, औजार र उपकरणको अलगै कक्षको स्थापना गरेको छ । विद्यालयमा विद्यार्थीको अत्यधिक चाप भएकोले विरामी भईरहने, घाईते हुने गरेकोले उपचारमा सहज बनाउन र सामाजिक दायित्व पुरा गर्न स्वास्थ्यकर्मीको सुविधा प्रदान गरिएको प्रिन्सिपल सिग्देल बताउनुहुन्छ ।
Show More

Related Articles

Back to top button