दमौली, तनहुँ १ का उम्मेदवार गोविन्द राज जोशी ले निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका छन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको खर्च विवरणमा ११ लाख ९४ हजार ६० भएको उल्लेख छ । प्रचार प्रसार सामग्री,गोष्ठी अन्तरक्रिया, सवारी साधन, दुवानी , छापा एवं विद्युतीय माध्यम सामाजकि संजाल , कार्यालय संचालन, प्रतिनिधि परिचालन, प्रचार प्रसार खाना र खाजा लगायत बिभिन्न शीर्षकमा उक्त खर्च भएको विवरणमा उल्लेख छ । गोविन्द राज जोशीको प्रचार प्रसार कार्यालयका संयोजक कमल खनालले दमौली खबर लाई जानकारी दिनुभयो।
प्रत्येक नागरिकलाई आफ्नो इच्छा अनुसार मतदान गर्न पाउने पार्टीका कार्यकर्ताले पार्टीका उम्मेदवारलाई भोट दिन पाउनु पर्छ भनेर गठन केवल सिमिति व्यक्तिहरुको स्वार्थपूर्तिको लागि गरिएकोले गठबन्धनको राजनीतिलाई समाप्त गरी प्रजातन्त्रलाई पुर्नस्थापना गर्नुपर्छ भनेर उम्मेदवारी दिएको भन्दै जोशी कैंची चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रिएका थिए । तनहुँ १ मा जोशी बाहेक नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेले एकबहादुर राना मगर उम्मेदवार दिएका थिए ।





