समाचारशिक्षाAll

विद्यार्थीलाई अन्जुको न्यानो कपडा सहयोग

दमौली खबर संवाददाता
विकास खनाल
दमौली, मंसिर १० ।
तनहुँको व्यास नगरपालिका वडा नं ११ मा रहेको तातोपानी प्रावि तथा चण्डेश्वरी आधारभुत बिद्यालयका बिद्यार्थीहरू लाई अन्जु गिरी क्षेत्रीले न्यानो कपडा बितरण गर्नु भएको छ ।
व्यास नगरपालिका वडा नं  १० जन्मघर भई हाल टोखा नगरपालिका वडा नं ५ मा बस्ने क्षेत्रीले ४५ जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गर्नु भएको हो । अधिकांश चेपाङ, दलित, जनजाति पढ्ने सामान्य परिवारका बिद्यार्थीलाई सहयोग गर्न पाएकोमा अन्जुले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक शान्ता सेढाई कैनीले ससाना विद्यार्थीहरू लाई न्यानो कपडा लिएर सहयोग गर्न आउनुभएकोमा अन्जुलाई धन्यवाद दिनुभयो । सामान्य परिवारका बिद्यार्थीहरू जसलाई न्यानो कपडाको निकै आवस्यकता थियो , त्यो बुझेर स्वेटर लगायतका न्यानो कपडा लिएर काठमाडौं देखि आउनुभएकोमा खुसी लागेको कैनीको भनाई थियो । जाडोको समयमा न्यानो कपडा पाउँदा विद्यार्थी खुसी भएका थिए ।
Show More

Related Articles

Back to top button