समाचारकोरोनाभाइरसस्वास्थ्य

पछिल्लो २४ घण्टामा तनहँुका तीन संक्रमितको ज्यान गयो

पछिल्लो २४ घण्टामा तनहुँका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको व्यास नगरपालिकाकाका २ जना र घिरिङका एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । व्यास–४ की संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । उनमा जेठ १ गते संक्रमण पुष्टि भएको थियो । त्यस्तै व्यास–१३ का ९१ वर्षका संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको हो । १ गते संक्रमण पुष्टि भएका ती पुरुषको दमौली स्थित एपोलो अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै तनहुँको घिरिङ–३ का ५४ वर्षका संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । बैशाख २९ गते संक्रमण पुष्टि भएको ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । योसँगै तनहुँमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । यसैबीच तनहँुमा आईतबार २४ नयाँ संक्रमित फेला परेका छन् । जिल्लाका १४ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको हो ।

Show More

Related Articles

Back to top button