समाचारAll

रातको समयमा पृथ्वीराजमार्ग चार घण्टा बन्द

दमौली खबर संवाददाता

तनहुँ, फागुन १९

पृथ्वीराजमार्गको याम्पाफाँट–घाँसीकुवा खण्डलाई बिहीबार देखि दैनिक चार घण्टा बन्द भएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन रातको समयमा बन्द गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।

उक्त सडकखण्ड फागनु १८ गते देखि २७ गते सम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले बताउनुभयो ।

निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नको लागि मुग्लिन पोखरा खण्ड योजना (पूर्वी खण्ड) बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रुपमा अत्यावश्य सवारी बाहेक अन्य सवारी साधनहरु पूर्ण रुपमा रोकी काम गर्ने निर्णय भएकोले बन्द गरिने भएको हो । ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भिक्तो काट्ने काम गर्नुपर्ने भएकोले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ’’ ग । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातको समय बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Show More

Related Articles

Back to top button