हेडलाईनसमाचारAll

नेता जोशी कार्यकर्ता भेटघाटमा व्यस्त

दमौली खबर संवाददाता
दमौली, असोज २४ । प्रतिनधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएका नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको छ । नेता जोशी सदरमुकाम दमौलीका कार्यकर्ता भेटघाटमा व्यस्त हुनु भएको हो । जोशी निवासमा भने सदरमुकाम बाहिरका व्यक्तिहरुको भेटघाटको लागि धाउने गरेका छन् ।
भेटघाटको क्रममा सबैले माया, प्रेम र सद्भाव देखाएको र भोट हालेर अत्यधिक मत विजय गराउँछु भनेकोले उत्साह जागेको जोशीले बताउनुभयो ।  १९ वर्ष देखि सत्ता बाहिर रहनु भएका जोशी विकासवादी नेताको रुपमा जिल्लामा सूपरिचित हुनुहुन्छ । उहाँको समयमा शिक्षा, स्वास्थ्य, विद्युत्तिकरण, रोजगारी, सडक जस्ता क्षेत्रमा अभूतपूर्व विकास भएको थियो ।
सोही समयको नेता जोशीको विकास प्रतिको काम र पार्टी प्रतिको संगठनलाई तनहुँवासीले सम्झिने गर्दछन् । नेपाली कांग्रेस तनहुँका सस्थापक सचिव हुँदै केन्द्रमा सहमहामन्त्री समेत बनी सक्नु भएका नेता जोशीलाई वर्तमान पार्टी नेतृत्वले अन्यायपूर्ण ढंगले साधरण सदस्यता समेत नरहने गरी गरिएको कारबाहीमा तनहुँ कांग्रेसका नेता तथा कार्यकर्ता रुष्ठ छन् ।
Show More

Related Articles

Back to top button