तनहुँका सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको चाप बढेको छ । प्राय प्रत्येक घरमा विरामी नभएको फेला पार्न मुस्किल भएको छ । जिल्लाभर ज्वरो, टाइफाइड, झाडापखाला, डेंगुका बिरामी बढिरहेको पाईएको छ । डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौंडा जस्ता मुख्य बजार तथा ग्रामिण क्षेत्रका स्वास्थ्य सस्थामा बिरामी बढेको विरामीको चाप धेरै भएकोले सरकारी तथा निजी क्लिनिकमा भीडभाड भएपनि नियन्त्रणको लागि ठोस कदम चालेको पाईदैन । तनहुँमा सबैभन्दा बढी डेंगुका विरामी धेरै छन् । जिल्लामा एक हजार दुई सय भन्दा बढी विरामी डेंगुको संक्रमण भएको छ । यति ठुलो संख्यामा प्रभावित हुनु भनेको अति जोखिमपूर्ण अवस्था हो । वर्षेनि यति बेला डेंगुको संक्रमण बढ्ने गर्दछ । विगतको वर्षहरु भन्दा यसवर्ष धेरै प्रभावित हुने अवस्था आएको छ । विगतको भन्दा जोखिम धेरै छ भन्ने तथ्याङ्कबाट पनि देखिएकोले यसप्रति गंभिर हुनु आवश्यक छ । विशेष गरी लामखुट्टेमा फैलिनुमा नाहाला पानी जम्नुले पनि सहयोग पु¥याएको छ । पृथ्वीराजमार्ग निर्माणको क्रममा रहेको सदरमुकाम दमौली लगायतका अन्य बजार क्षेत्रमा पनि नाहाला परिएर पानी जमेको देख्न सकिन्छ यसले गर्दा लामखुट्टे फैलिनको लागि उचित वातावरण बनेको छ । राजमार्गको काम तिव्र गरि नाहाला व्यवस्थापनमा ध्यान दिनु पर्दछ । ज्वरो र झाडापखालाबाट बच्न खानेकुरा खाने बेलामा राम्रोसँग हात धोएर मात्रै खानुपर्छ, पर्याप्त स्वच्छ पानी पिउने, बासी सडेगलेका खानेकुरा खानुहुँदैन र लामखुट्टेको टोकाईबाट बच्नु आवश्यक छ । डेङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो, हरियो सागपात, र तागतिलो खानेकुरा पर्दछ । भाईरल ज्वरो र डेंगुबाट बच्नको लागि जनचेतनाका कार्यक्रममा पनि ध्यान दिनु पर्दछ ।


