साहित्य

डर लाग्छ

Pipala Dhungana पिपला ढुङ्गाना
अचेल यो शहर देखेर डर लाग्छ
मलाई आफ्नै घर देखेर डर लाग्छ
हिजो सम्म भगवान भनेर पुजेको
आज त्यहि पत्थर देखेर डर लाग्छ
युद्ध मोर्चामा सयौँ रात बिताइएका
तिनै पुराना बङ्कर देखेर डर लाग्छ
जो सँग जिवन बिताउने रहर थियो
आज उसकै नजर हेरेर डर लाग्छ ।
Show More

Related Articles

Check Also
Close
Back to top button