साहित्यAll

देश धान्ने किसान

हाम्रा पूर्खा श्रम बल गरी सिर्जनामा रमाए
खेतीमा नै तन मन दिई बालबच्चा पढाए
काे बिर्सेला कृषकहरुकाे भावना ती इमान
बाधा धेरै कति कति सहे देश धान्ने किसान

मान्छे राम्राे असल मनले रात राम्राे जुनेली
हुर्के बाली लहलह हुँदै खेल्छ हावा बयेली
साँची नाैला रहर सपना बाबु आमा समान
मार्द्याै फड्काे कृषि जगतमा देश धान्ने किसान

बाला तिम्रा किन पर पुगे लाग्छ साह्रै अचम्म
माया तिम्रा हर पल रहे सृष्टि फुल्ने छ टम्म
नेपालीमा विमति नभए देश उठ्ने छ जान
पीडा धेरै सहन गरिद्याै देश धान्ने किसान

पाखाे मेराे सघन कुहिराे शान्त आकाश मेराे
सेराेफेराे रगत पसिना लाग्छ आवाज मेराे
भन्दै जुट्ने निषिदिन सयाैं स्वप्न बुन्ने जबान
तिम्रै आस्था अविचल रह्याे देश धान्ने किसान

कैले बारी बन चउरमा खेत कैले कुलामा
कैले बाली मलजल गरी बल्छ आगो चुलामा
मान्छे साँच्चै किन किन यहाँ चल्छ यन्त्रै समान
तिम्रै खाँचाे प्रबल छ यहाँ देश धान्ने किसान

Show More

Related Articles

Check Also
Close
Back to top button