साहित्यAll

(गीत)

गीत
वेदकुमारी न्यौपाने

अमूल्य हाे माया भन्थे सस्तो पनि हुँदाे रैछ
के चिन्नु र मान्छेको मन जस्तो पनि हुँदाे रैछ

माया लाउनु अाँसुसित साईनाे गाँस्नु जस्तै भयाे
सारा खुसी आँखाबाट ढिक्का ढिक्का खस्दै गयो

के जान्नु र माया भन्ने यस्तो पनि हुँदाे रैछ
के चिन्नु र मान्छेको मन जस्ताे पनि हुँदाे रैछ

सागर जस्तै शान्त मन आँधी हूरी जस्तै भयाे
अाशा,बिस्वास,भराेसा सब् पात सरी खस्दै गयाे

थाहा भयाे जिन्दगीमा कस्ताे पनि हुँदाे रैछ
के चिन्नु र मान्छेकाे मन जस्तो पनि हुँदाे रैछ

Show More

Related Articles

Back to top button