समाचार

दिवङ्गत नेता जोशीको अस्तु देवघाटमा विर्सजन

सविन लामिछाने
नेपाली काँगे्रसको केन्द्रिय सदस्य रहेका स्व. नविन्द्रराज जोशीको अस्तु देवघाटमा विर्सजन गरिएको छ । पूर्व मन्त्री समेत रहेका स्व. नेता जोशीको सातौं दिनको पूण्य तिथिमा देवघाटमा अस्तु विर्सजन गरिएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडल लगायत नेताहरुको उपस्थितीमा स्वं जोशीको अस्तु विर्सजन गरिएको थियो । नेपाली काँगे्रस चितवन र तनहँुले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै वरिष्ठ नेता पौडेलले पार्टीले योग्य र ईमान्दर व्यक्ति गुमाएको बताए । उनले भने,‘नेपाली समाजमा योग्य पनि ईमान्दर पनि व्यक्ति भेटाउन गाह्रो छ । तर नविन्द्र योग्य भएर पनि ईमान्दार हुनुथ्यो । ’

उनले अघि भने,‘ जोशी पार्टीको लागि अनुकरणीय पात्र हुनुछ । निष्ठवान पात्र हामीले गुमाएका छौं । ’ वरिष्ठ नेता पौडेलले वर्तमान अवस्थामा लोकतन्त्र धरापमा रहेको भन्दै अहिलेको सत्ताको विकल्प देशले खोजेको बताए । उनले भने,‘वर्तमान अवस्थामा देशले सत्तामा रहेकाको विकल्प खोजेको छ । लोकतन्त्र र देशलाई जोखिममा पार्नेहरुबाट विकल्प खोजेका हौं । ’ सभामा गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, गण्डकी प्रदेशका सांसद एवंम् नवलपुरका जिल्ला सभापति विष्णुप्रसाद लामिछाने, जिल्ला सभापति वैकुण्ठ न्यौपाने,लगायतले देश र पार्टीले निष्ठान व्यक्ति गुमाईएको र स्वं नेता जोशीबाट केही पाठन सिक्न आवश्यक रहेको बताएका थिए ।स्वं जोशीका दाई एवंम् पार्टीका काठमान्डौका सचिव राजुराज जोशीले परिवारको ईच्छामा अस्तु देवघाटमा विर्सजन गरिएको जानकारी दिए ।

मस्तिष्कघातका कारण गत शुक्रबार राति ८.२४ बजे नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा नेता जोशीको निधन भएको थियो । विस २०१९ असार ३ गते काठमाडौँमा जन्मिएका नेता जोशी नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, काठमाडौँ महानगरपालिकाको पूर्वउपमेयर, विस २०६४ र २०७० सालमा काठमाडौँ क्षेत्र नं ८ बाट संविधानसभाको निर्वाचनमा निर्वाचित भएका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्षरत अथक योद्धा स्व जोशीले राजनीतिलाई सँधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी कांग्रेसका निष्ठावान राजनीतिज्ञका रुपमा परिचित थिए । विसं २०७३ सालमा उद्योगमन्त्री बनेका नेता जोशी नेपाली कांग्रेसको १२ औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य बनेका थिए ।

Show More

Related Articles

Back to top button