दमौली खबर संवाददाता
दमौली, फागुन २६
व्यास विद्युत तथा प्लम्बर सेवा समितिको शुक्रवार आठौँ साधारणसभा एवं चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै विद्युत तथा प्लम्बर सेवाका काम गर्ने हरेक मजदुरहरुले सजगता अपनाउदै पेशागत सिपलाई अझ शशक्त पार्न पर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल टप गण्डकी धौलागिरी प्रमुख वितरक दिपक कुमार दुवाडी आफ्नो पेशा र गरिमाको इज्जत व्यक्ति स्वयमले नै राख्नुपर्ने बताउदै स्थानिय त था प्रदेश सरकार सम्पूर्ण मजदुरहरुको हितमा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल विद्युत प्राविधिक महासंघ महासचिव राजकुमार श्रेष्ठ, लागयतले शुभकामना व्यक्त गरेको उक्त कार्यक्रममा उपाध्यक्ष देव गुरुङले स्वागत तथा कार्यक्रमको सञ्चालन सचिव खष्ठीराम थापाले सहजीकरण गर्नु भएको थियो ।
उक्त चौथो अधिवेशनले पुन राजेन्द्र अधिकारीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्व सम्वत चयन गरेको छ । समितिको उपाध्यक्षमा भिम बहादुर गुरुङ, सचिवमा कमल श्रेष्ठ क सहसचिवमा पारश थापा कोषाध्यक्षमा राजेश घर्ति र सदस्यहरुमा मिनराज राना, सरोज लौडारी, यमलाल श्रेष्ठ, श्रीकुमार श्रेष्ठ, दिपक ओझा र ऋषिराम थापा रहेका छन् ।



