हेडलाईनसमाचार

संविधान दिवसमा मुख्यमन्त्रीको शुभकामना

दमौली खबर  संवाददाता
सिमित स्रोत र अधिकारबीप्रदेशले पहिचान स्थापित गराएको छ ः मुख्यमन्त्री पोखरेल
पोखरा,  असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनकाबीचपनिप्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताउनु भएको छ । संविधानदिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्रीपोखरेलले वित्तीय स्र्रोत पर्याप्त प्राप्तनहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकै कारण प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएपनि क्षमता अनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको बताउनु भएको छ  ।
उहाँले संविधानमा प्रष्टसँग उल्लेख गरिएका कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाइ भइरहेको छ । प्रदेश संरचना नै संघीयताको खास पहिचान हो । वित्तीय स्र्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाइ भएकाले प्रदेश तहले चाहेजस्तो गरी काम हुन नसकेको अनुभूति भएको बताउनुभयो  ।
सहकार्य, समन्वय र सहअस्तित्वलाई संविधानले आत्मसात गरेको उल्लेख गर्दै मुलुकमा राजनीतिक स्थायित्वकायम गरी गरी दीगो विकासकालक्ष्यप्राप्तिकालागि ३ तहकाबीच समन्वय जरुरी रहेको बताउनुभयो । संविधान सभाबाट नेपालको संविधान जारी भएको आजको यो दिन नेपाल र नेपालीकालागि ऐतिहासिकहो । लगातार ७दसकको संघर्षबाट नेपालीनागरिकले आफ्नो संविधान लेखनमाप्रत्यक्ष सहभागिताजनाउने अवसर पाएको उहाँले जनाउनु भएको  छ । संविधानकानुनी सिद्धान्तमा आधारित राजनीतिक सहमतिको दस्तावेज हो भन्दै उनले यसमा लिपीबद्ध नागरिक अधिकारलाई कार्यान्वयनगर्दै उनीहरुकाआवश्यकताको सम्बोधनका लागि हामी प्रयासरत रहनुपर्ने बताउनुभयो । यसमा प्रदेश सरकार क्रियाशीलरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
स्वदेश तथाविदेशमा रहनुभएका नेपालीदिदीबहिनीतथादाजुभाइमा संविधान दिवसकाअवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्तगर्दै उहाँले  मुलुकमा राजनीतिक परिवर्तका लागिविभिन्न कालखण्डमा भएकाआन्दोलनहरुमाजीवन अर्पण गर्नेे सहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ताका परिवारजनमासहानुभूति प्रकट गर्नु भएको छ ।
नेपालको संविधानले मौलिकहकमार्फत् प्रत्याभूत गरेका अधिकारको कार्यान्वयनगर्दै आधारभूतआवश्यकतामा सबै नागरिकको पहुँच पु¥याउनकालागि संविधानदिवस २०७९ प्रेरणा दिने विश्वास मूख्यमन्त्री पोख्रेलले गर्नु भएको छ  ।
Show More

Related Articles

Back to top button