हेडलाईनसमाचार

त्रिशुली नदीमा बेपत्ता घिमिरे फेला परेनन्

दमौली खबर संवाददाता
तनहुँ, असोज २ । मुग्लिन पुलबाट हाम फालेर त्रिशुली नदीमा बेपत्ता हुनु भएको दोलखा जिल्लाको गैरीमुठा ९ का २७ वर्षीय निराजन घिमिरे फेला पर्नु भएको छैन ।
शुव्रmबार साँझ घिमिरे चितवनको मुग्लिन र तनहुँको पुलजिप जोड्ने मुग्लिनको पुरानो पुलवाट त्रिशुली नदीमा हामफाल्दा घिमिरे बेपत्ता हुनु भएको थियो । घिमीरे मोटरसाइकल,झोला,लाइसेन्स,परिचय पत्र र मोवाइल पुलमा राखेर नदीमा हामफालेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुञ्जित तामाङले  तामाङले जानकारी दिनुभयो  ।
 घिमिरेको तिव्र रुपमा खोजी भइरहेको शनिबार साँझसम्म पनि फेला पार्न नसकिएको पवताए । घिमीरेले वाग्मती प्रदेश ०२—०३१ प ५२१४ नं.को मोटरसाइकल र सामान भएको झोला राखेर मुग्लिनको पुरानो पुलवाट हामफालेको सिसिटिभी फुटेजबाट देखिएको उहाँले जानकारी दिनुभयो । घिमिरे हाम फाल्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Show More

Related Articles

Back to top button